default_image

3 years ago

September 11, 2021

डेब्यु खेलमै रोनाल्डोको गोल

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दोस्रो डेब्युको पहिलो हाफमा नै गोल गर्न सफल भएका छन् । न्युकासल युनाइटेडविरुद्ध घरेलु मैदान ओल्ड ट्राफर्डमा जारी खेलको पहिलो हाफमा रोनाल्डोको गोलको मदतले युनाइटेड १-० ले अघि बढेको छ । रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन् । मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले […]

78 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दोस्रो डेब्युको पहिलो हाफमा नै गोल गर्न सफल भएका छन् ।

न्युकासल युनाइटेडविरुद्ध घरेलु मैदान ओल्ड ट्राफर्डमा जारी खेलको पहिलो हाफमा रोनाल्डोको गोलको मदतले युनाइटेड १-० ले अघि बढेको छ । रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन् । मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोलाई शनिबारको खेलमा आक्रमणको जिम्मेवारी सुम्पिएका छन् । रोनाल्डोसँगै युनाइटेडको आक्रमणमा यसै सिजन आबद्ध भएका जेडन सान्चो र मेसन ग्रीनवुड रहेका छन् । उनीहरुलाई मिडफिल्डर ब्रुनो फर्नान्डेस, पल पोग्बा र नेमान्जा माटिचले साथ दिने छन् । डिफेन्समा आरोन वान बिसाका, राफैल भारान, ह्यारी मगाएर र लुक शा रहेका छन् । गोलरक्षक डेविड दे हेयाले आफ्नो स्थान नियमित राखेका छन् ।

गत साता मात्र रोनाल्डोले विश्व कप छनोटमा पोर्चुगलका लागि २ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । गणतन्त्र आयरल्यान्डविरुद्ध २–१ को जितमा रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेका थिए । गोलको खुसीयाली मनाउने क्रममा जर्सी फुकालेपछि उनले पहेलो कार्ड पाएका थिए । त्यसअघिको खेलमा पनि पहेलो कार्ड पाएका कारण उनले पोर्चुगलको अर्को खेलमा प्रतिबन्ध बेहोर्नुपरेको थियो । प्रतिबन्धमा रहेका कारण उनलाई टोलीले फुकुवा गरेको थियो ।

त्यस पछि उनी युनाइटेडको प्रशिक्षणमा सामेल हुन इंग्ल्यान्ड् फर्केका थिए । ५ दिनको क्वारेन्टिनपछि उनी मंगलबार टोलीको प्रशिक्षणमा सामेल भएका थिए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.