default_image

3 years ago

September 12, 2021

बिल्वाओ ला लिगाको शीर्षस्थानमा उक्लियो

एजेन्सी – रियल मलोर्कामाथि सहज जित दर्ता गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस ला लिगाको शीर्षस्थामा उक्लिएको छ । घरेलु मैदानमा मलोर्कालाई २–० ले पराजित गर्दै अपराजित रहेको बिल्वाओ शीर्षस्थानमा उक्लिन सफल भएको हो । बिल्वाओले एक खेल कम खेलेका रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया, बार्सिलोना र एट्लेटिको म्याड्रिडसँगै मलोर्कालाई पनि पछि पार्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो […]

97 views

0 Bookmark

एजेन्सी – रियल मलोर्कामाथि सहज जित दर्ता गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस ला लिगाको शीर्षस्थामा उक्लिएको छ । घरेलु मैदानमा मलोर्कालाई २–० ले पराजित गर्दै अपराजित रहेको बिल्वाओ शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

बिल्वाओले एक खेल कम खेलेका रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया, बार्सिलोना र एट्लेटिको म्याड्रिडसँगै मलोर्कालाई पनि पछि पार्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

बिल्वाओको ४ खेलबाट ८ अंक पुगेको छ । एक खेल कम खेलेका यि ५ टोलीको समान ७ अंक छ । चार खेल खेलेको मलोर्काको पनि ७ अंक नै छ । सान मामेस वारिया बिल्वाओमा घरेलु टोलीको जितमा ड्यानियल भिभिएन र इनाकी विलियम्सले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

६८औं मिनेटमा इकर म्युनिएनको पासमा ड्यानियल भिभिएनले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । ७४औं मिनेटमा इकर म्युनिएनकै पासमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओको जित पक्का गरे । अपराजित रहेको बिल्वाओले समान दुई जित र दुई बराबरीको नतिजा निकालेको छ ।

यस्तै लेभान्टे र रायो भालेकानोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भिल्लारियल र डिपोर्टिभो एलाभेस तथा सेभिया र बार्सिलोनाबीचको खेल यसअघि नै स्थगित गर्ने निर्णय भएको थियो ।

नेपालमा ला लिगाको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्दै आएको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.