default_image

3 years ago

September 15, 2021

वर्षको सर्वाधिक गोलकर्ता बन्ने दौडमा ५ खेलाडी

एजेन्सी – प्रतिस्पर्धा हरेक क्षेत्रमा छ । झन् फुटबलमा हुने नै भयो । सन् २०२१ को वर्ष सकिन अझै सय दिन भन्दा बढी बाँकी छ । विश्व फुटबलमा यो वर्ष सर्वाधिक गोलकर्ता को बन्ला भने रोचक प्रतिस्पर्धा पनि जारी छ । यहाँ ५ खेलाडीको चर्चा गरिएको छ जसले यो वर्षमा देश र क्लबका लागि सर्वाधिक […]

32 views

0 Bookmark

एजेन्सी – प्रतिस्पर्धा हरेक क्षेत्रमा छ । झन् फुटबलमा हुने नै भयो । सन् २०२१ को वर्ष सकिन अझै सय दिन भन्दा बढी बाँकी छ । विश्व फुटबलमा यो वर्ष सर्वाधिक गोलकर्ता को बन्ला भने रोचक प्रतिस्पर्धा पनि जारी छ ।

यहाँ ५ खेलाडीको चर्चा गरिएको छ जसले यो वर्षमा देश र क्लबका लागि सर्वाधिक गोल गर्ने आँकलन गरिएको छ । यिनै ५ खेलाडीमध्ये यो वर्षको सर्वाधिक गोलकर्ता बन्ने सम्भावना छ । यो वर्ष गोल गर्ने खेलाडीको सुचीको शीर्षस्थानमा बायर्न म्युनिख तथा पोल्यान्डका फरवार्ड रोबर्ट  लेवान्डोस्की छन् । उनले यो वर्ष ४७ गोल गरिसकेका छन् । बुन्डेसलिगामा उनको उच्च फर्म जारी छ । विश्व फुटबलका उत्कृष्ट सेन्टर फरवार्डमध्येका लेवान्डोस्कीले बुन्डेसलिगाको यो सिजन ४ खेलमा ६ गोल गरिसकेका छन् ।

दोस्रो नम्बरमा नर्वेजियन सनसनी इर्लिङ हालान्ड छन् । जसले देश र बोरुसिया डर्टमन्डका लागि यो वर्ष ३८ गोल गरिसकेका छन् । २१ वर्षे प्रभावशाली फरवार्डले बुन्डेसलिगामा ४ खेलमा ५ गोल गरिसकेका छन् ।

तेस्रो स्थानमा लियोनल मेस्सी रहेका छन् । हालैमात्र उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । उनले अर्जेन्टिना र बार्सिलोनाका लागि यो वर्ष ३६ गोल गरेका छन् । पिएसजीमा भने एक मात्र खेल खेलेका मेस्सीले गोलको खाता खोल्न बाँकी छ ।

मेस्सीका पिएसजी सहकर्मी केलियन एमबाप्पेले यो वर्ष ३३ गोल गरेका छन् । यद्दपी युरोपियन च्याम्पियनसिपमा उनी गोल गर्न असफल रहे । लिग वानमा भने यो सिजन ४ खेलमा उनले ३ गोल गरिसकेका छन् ।

पाँचौं नम्बरमा म्यानचेष्टर युनाइटेड तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो छन् । उनले यो वर्ष ३२ गोल गरिसकेका छन् । हालै मात्र उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले देशका लागि १ सय ११ गोल गरेका छन् । १२ वर्षपछि युनाइटेड फर्केर प्रिमियर लिगका शनिबारको खेलमा न्युक्यासललाई ४–१ ले हराउँदै उनले २ गोल गरेका थिए । मंगलबार योङ ब्वाइजसँग टोली पराजित भएपनि रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए ।

यो वर्ष पूरा हुन अझै साढे ३ महिना बढीको समय छ । यि ५ खेलाडीबाट अझै धेरै गोल हुन बाँकी छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.