default_image

3 years ago

September 12, 2021

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा आज साझ हुँदैछ । खेल साँझ ५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको थियो । ४ खेलाडीले डेब्यू गरेको खेलमा सविता राना मगर र […]

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा आज साझ हुँदैछ । खेल साँझ ५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको थियो ।

४ खेलाडीले डेब्यू गरेको खेलमा सविता राना मगर र प्रिती राईको गोलमा दशरथ रंगशालामा पहिलो पटक उत्रेको राष्ट्रिय महिला टोलीले जित हासिल गरेको थियो । डेब्यू गर्ने ४ मध्ये सविता र प्रिती पनि थिए । उनीहरु दुवैले पहिलो रोजाईमा खेलको सुरुवात गरेका थिए । सृजना सिंह र रश्मीकुमारी घिसिङले सोही खेलमार्फत डेब्यू गरेका थिए ।

यसपटक २३ सदस्यीय टोलीमा ७ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । ती मध्ये ३ खेलाडीले डेब्यू गर्न बाँकी रहेको छ । प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको खेलमा सविता र प्रीतिसँगै सिर्जना सिंह ठकुरी र रश्मी कुमारी घिसिङलाई पनि डेब्यु दिएको थिए । दोस्रो मैत्रीपुर्ण खेलमा प्रशिक्षक ग्यारीले अग्रपङ्तिमा सविता र प्रीतिसँगै बिमला चौधरी र मिडफिल्डमा कप्तान रेनुका नगरकोटे, सरु लिम्बु र मन्जली योन्जनलाई नै निरन्तरता दिने सम्भावना छ ।

डिफेन्समा अमृता जैशी, हिरा कुमारी भुजेल, गीता राना र पुजा राना रहेका छन् । तर, बंगलादेशविरुद्धको खेलमा सामान्य चोट बोक्न पुगेकी हिरालाई विश्राम दिने सम्भावना छ । उनको स्थानमा सिर्जना सिंहले मौका पाउने देखिन्छ । गोलरक्षकमा एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना रानामगरले अवसर पाउने सम्भावना छ । रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी र दीपा राई पनि टोलीमा रहेका छन् ।

यता, बंगलादेश पनि घरेलु टोली नेपाललाई हराउँदै नेपालसँगको जितविहीन यात्रालाई टुंग्याउने लक्ष्यमा मैदान उत्रनेछ । नेपालले सुरुवातमै अग्रता लिदा दोस्रो हाफमा बंगलादेशले नेपालमाथि दवाव सिर्जना गर्दै एक गोल गरेपनि नेपालले अग्रता जोगाउन सफल हुदा जित हात पारेको थियो । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । हालसम्म खेलेका ७ खेलमा नेपालले ६ जित र १ बराबरी खेलेको छ ।

पहिलो खेलमा नै एउटा दुःखत दृश्य पनि देख्नु परेको थियो । अन्तिम छनोटमा परेकी पुनमको मुटुमा समस्या देखिएपछि उनले थप उपचार गर्नका लागि टोली छाड्नु पर्नेछ । अर्को महिना उज्वेकिस्तानमा हुने एसियन कप छनोटमा उनी टोलीका साथ नहुने मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताइसकेका छन् । स्वास्थ्य समस्याकै कारण टोलीले उनलाई सम्मान दिनका लागि १२ औं खेलाडीका रुपमा लाइन अप गराएर राष्ट्रिय धुन बज्दा मैदानमा उतारेको थियो । राष्ट्रिय गानको धुन सकेपछि बेन्चमा फर्कने क्रममलाई उनको सम्मानमा टोलीका अन्य सदस्यले ताली बजाएका थिए ।

पहिलो खेलको पहिलो हाफमा बंगलादेशमाथि नियन्त्रण बनाएको नेपालमाथि दोस्रो हाफमा भने बंगलादेश हावी भएको थियो । जसको फलस्वरुप टोली गोल फर्काउन पनि सफल भएको थियो । फिलिपिन्स र हङकङविरुद्ध हुने एसियन कप छनोट अघि बंगलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीले आफूमा रहेको कमजोरी सुधार्ने अवसरको रुपमा लिएको बताइएको छ ।

उज्वेकिस्तानमा एसियन कप छनोटमा ३ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि समूहको शीर्ष टोली यसैबीच भारतमा हुने अन्तिम चरणका लागि छनोट हुनेछ । नेपालले फिलिपिन्ससँग असोज २ गते र हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.