default_image

3 years ago

September 13, 2021

बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको हो । रियलले खेलमा दुईपटक पछि परेको अवस्थालाई उल्ट्याउदै ५–२ को सानदार पूनरागमन जित हात पारेको हो । ५६० दिनपछि सान्टियागो बर्नबेउमा भएको खेलमा रियलको फराकिलो जितमा भिनिसियस जुनियर र यस समरमा क्लबमा आबद्ध […]

56 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको हो ।

रियलले खेलमा दुईपटक पछि परेको अवस्थालाई उल्ट्याउदै ५–२ को सानदार पूनरागमन जित हात पारेको हो । ५६० दिनपछि सान्टियागो बर्नबेउमा भएको खेलमा रियलको फराकिलो जितमा भिनिसियस जुनियर र यस समरमा क्लबमा आबद्ध भएका फ्रान्सेली युवा मिडफिल्डर इडुआर्डाे कामाभिंगाले पनि डेब्यु खेलमै गोल गरे । सेल्टाका सान्टिमिना र फ्रान्को सेर्भीको गोल सान्त्वना बन्यो ।

झन्डै १९ महिनापछि आफ्नो घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियल खेलको चौथो मिनेटमा नै पछि परेको थियो । सान्टी मिनाले इगो आसपासको गोलमा गोल गरेका थिए । २४औं मिनेटमा कप्तान करिम बेन्जेमाले फेडे भाल्भेर्डेको पासमा बराबरी गोल फर्काए ।

३१औं मिनेटमा फ्रान्को सरेर्भीले गोल गरेपछि रियल पहिलो हाफमा २–१ ले पछि परेको थियो । दोस्रो हाफको शुरुमै कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बेन्जेमाले ४६औं मिनेटमा मिगुइल गुइटेरेजको पासमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

५४औं मिनेटमा ब्राजिली युवा विंगर भिनिसियस जुयिनरले गोल गर्दै रियललाई पहिलोपटक खेलमा अग्रता दिलाए । उनले कप्तान बेन्जेमाको पासमा गोल गरेका थिए । ७२औं मिनेटमा सब्सिच्युट विंगर फरवार्ड इडुआर्डाे कामाभिंगाले गोल गर्दै रियललाई जिततर्फ अग्रसर गराए ।

६६औं मिनेटमा इडेन हाजार्डको स्थानमा मैदान छिरेका कामाभिंगाले मैदान छिरेको ६ मिनेट भित्र नै रियलको लागि डेब्यु खेलमै गोल गर्न सफल भए । ८७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल ह्याट्रिक पुरा गरेपछि रियल म्याड्रिडले ५–२ को सानदार पूनरागमन जित निकाल्न सफल भयो । भिनिसियस जुनियरलाई पेनाल्टी बक्समा मुरिल्लो र डेनिस सुआरेजले फल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी दिएको थियो ।

यो नतिजासँगै रियलले ५ सय ६० दिन अघि अर्थात १ मार्च २०२० पछि बर्नबेउ फर्कदा सुखद नतिजा आत्मसात गरेको छ । रियलल अन्तिमपटक ‘एल क्लासिको’ मा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दा जिनेदिन जिदानको प्रशिक्षणमा भिनिसियस जुनियर र मारियानो डियाजको गोलमा रियलले २–० को जित रचेको थियो ।

कोरोना भाइरस संक्रमणको महामारीका बेला रंगशालामा दर्शक प्रवेशमा निषेध भएपछि रियलले त्यसको फाइदा उठाएर बर्नाबेउको पुर्ननिर्माण गरेको थियो । बर्नाबेउ पुनर्निर्माणबाट गुज्रिएपछि रियलले भाल्डेवेवासमा रहेको प्रशिक्षण मैदान अल्फ्रेडो डि स्टेफानोमा गत सिजनको पुरै र त्यसअघिको केही खेल भएको थियो ।

यो जितसँगै रियल ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित सेल्टा १ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.