4 years ago
September 13, 2021
विजय नेपाली, पोखरा
पोखरामा अन्तराष्ट्रिय स्तरको रंगशाला निमार्णको काम चलिरहेको छ । रंगशाला परिसर भित्र यतिबेला ठूला ठूला पूर्वाधार निमार्ण भइरहेका छन् । पूर्वाधार मध्यकै एक हो अन्तराष्ट्रियस्तरको एथलेटिक्स ट्रयाकसहितको फुटबल रंगशाला ।

फुटबल मैदान फुटबलका लागि मात्र भनेर भने बनाइएको छैन । उक्त मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको एथलेटिक्सका खेलहरु समेत आयोजना गर्ने गरी ट्रयाक निमार्ण गरिएको छ । तर, रंगशालामा आवश्यक पर्ने फ्लड लाइट भने राख्न नमिल्ने देखिएको छ । पोखरामा रातको समय वा अपरान्हमा खेल खेलाउने गरी लाइट राख्न भने नमिल्ने देखिएको छ ।
रंगशालादेखि पूर्वतर्फ करिब डेढ किलोमिटरको दुरीमा अन्तराष्ट्रिय स्तरको विमानस्थल रहेकाले निर्माण कार्यमा बाधा आएको हो । पोखरामा २ ठुला परियोजना यतिबेला निमार्णको चरणमा रहेका छन् । पोखरा रंगशाला र पोखरा अन्तराष्ट्रिय विमानस्थल । अन्तराष्ट्रिय विमानस्थलको मापदण्डकै कारण रंगशालामा फ्लड लाइट राख्न नमिलेको हो । त्यसो त निमार्णाधिन विमानस्थलभन्दा रंगशाला १०० फिटको उचाइमा रहेको छ । त्यसैलेपनि १०० फिट स्वतः रुपमा कटौति हुने देखिएको छ ।
फुटबलका लागि मात्र हुने किसिमले क्यानोपि लाइट राख्ने विकल्प रहेपनि उक्त लाइटले एथलेटिक्स खेलाउन भने सम्भव छैन । फिफा मापदण्ड अनुसार अन्तराष्ट्रिय फुटबल मैदानमा फ्लड लाइट र स्कोर बोर्ड अनिवार्य हुनुपर्छ । नभएको खण्डमा क्यानोपि लाइटले पनि काम गर्छ । क्यानोपि लाइट एथलेटिक्सका लागि भने काम लाग्दैन ।
एथलेटिक्स अन्तराष्ट्रिय रंगशालाका लागि फ्लड लाइट आवश्यक पर्छ । तर, पोखरा प्राकृतिक शहर भएकाले दिनमा पनि खेलाउन सकिन्छ । त्यसका लागि भने पोखराले अन्य राष्ट्रलाई मनाउन पर्ने हुन्छ । पोखरामा मौसम खेलेको समयमा समेत हिमालहरुको मनोरम दृष्य देख्न सकिन्छ । प्रकृतिले साथ दिदा दिदैपनि मापदण्ड भने अपनाउनै पर्छ ।

फ्लड लाइटका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो वर्ष ६ करोड रुपैँया समेत विनियोजन गरेको छ । तर रकम भने अपुग हुन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले रकम अपुग भएको बताएका थिए । लाइट राख्न करिब १४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । फिफाका अनुसार अन्तराष्ट्रिय मापदण्डका लागि रंगशालामा दक्षिण र उत्तर तर्फ स्कोर बोर्ड र चारतर्फ लाइट हुनेपर्नेछ ।
२०४० सालमा निमार्ण गरिएको फुटबल मैदानको प्यारापिट २०७२ साल बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पका कारण जीर्ण भएको थियो । राखेपले १ अर्ब २८ करोड रुपैँयामा २०७५ फागुन २६ गते दुबै तर्फको प्यारापिट भत्काई पुनः निमार्ण गरेको हो ।
भारतीय निमार्ण कम्पनी ग्रेट स्पोर्टस इन्फ्रा तथा नेपाली एम.ए कन्ट्रक्सन ललितपुरले संयुक्त रुपमा निमार्णको जिम्मेवारी पाएको हो । सम्झौता अनुसार १७ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको मैदान निमार्ण हुने भनिएपनि पछि त्यसलाई बढाएर २० हजार दर्शक क्षमता बनाउने योजना अघि सरेको थियो । तथापी बजेट अभावका कारण दोस्रो चरणका योजना भने सफल हुन सकेको छैन ।
अब पोखरामा अग्ला संरचना बनाउँदा हामीसँग समन्वय हुनुपर्छ – इन्जिनियर पौडेल
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत इन्जिनियर कृष्ण प्रसाद पौडेलले फ्लड लाइटको कुरा सुनेपनि आफूहरु समक्ष आधिकारी पत्र वा जानकारी भने नआएको बताए । उनले रंगशाला विमान स्थलबाट १०० फिट अग्लो स्थानमा रहेकाले उचाई सोही अनुसारले कटौति हुने बताए । उनले रंगशाला विमान स्थलको एप्रोच जोन वा ट्रान्जिक्सन जोनमा पर्ने भएकाले करिब २० मिटरसम्मको उचाइको टावर खडा गर्न सकिने बताए । पोखरामा बन्ने संरचनामा सिमित किसिमको उचाइ हुने उनले बताए ।

‘उचाइको सिमितता कायम गर्नुपर्ने हुन्छ । विमानस्थलको फरक फरक क्षेत्र कायम हुन्छ ’ उनले भने,‘ एप्रोच जोन, जुन विमान उड्ने र ल्याण्ड हुने क्षेत्र हुन्छ अन्य क्षेत्र भनेको ट्रान्जिट जोन हुन्छ । विभिन्न खालका जोन हुन्छन् । जोन अनुसारको फरक फरक उचाई निर्धारण हुन्छ । रंगशाला उत्तर पश्चिम तर्फ रहेको छ । त्यहाँ कुन योजना अनुसार बनाउने त्यो योजना लिएर हामीकहाँ आउनुपर्ने हुन्छ । हामीले उचाई मापन गरेरमात्र स्विकृत दिन्छौ ।’
रनवेको लेभल र जमिनको लेभल हेरेर कुन जोनमा पर्छ त्यो पनि हेरेर क्यालकुलेट गरेर उचाई निर्धारण हुने उनले बताए । उनका अनुसार एप्रोच जोनमा १५ किलोमिटरसम्म २.२५ मिटरसम्म मात्र बनाउन पाइन्छ । ट्रान्जिसन जोनमा भने १४.२८ मिटरसम्म उचाइ बनाउन मिल्छ । त्यो पनि जमिनको तह हेरेर । रंगशालामा फ्लड लाइट राख्ने कुरा मौखिक रुपमा कुरा आएको उनले सुनाए । ‘हामीलाई मौखिक रुपमा कुरा आएको थियो । हामीले सबै बुझाएर पठाएका छौँ । आधिकारीक रुपमा भने अझै आएको छैन’ उनले भने ।
फ्लड लाइट ४०-४५ मिटरसम्मको उचाईमा हुन्छ : प्रोजेक्ट इन्जिनियर बराल
पोखरा रंगशालामा निमार्णाधिन फुटबल मैदानका प्रोजेक्ट इन्जिनियर पुरुषोत्तम बरालले भने फ्लड लाइटको उचाई ४० देखि ४५ मिटरसम्मको हुनुपर्ने बताए । ‘काठमाण्डौँकै हेर्दापनि करिब त्यहि अनुसारको उचाइमा देखिन्छ । पोखरामा राखिने पनि करिब त्यही उचाई नै हो । तर, लाइट अनुसार उचाई पनि फरक हुन्छ,’ उनले भने, ‘लाइटको लागि हाम्रो योजनामा छैन । त्यसका लागि त सरकारले छुट्टै बजेट विनियोजन गरेर टेन्डरबाटै बनाउने हो । ठूलो बजेट लाग्छ । मैलेपनि बाहिरबाट सुनेको छु फ्लड लाइट राख्ने भन्ने तक के हो थाहा भएन ।’
उनले हाल निमार्णभएको रंगशाला अनुसार ५० मिटरसम्मको डिजानइ हुने बताए । ‘क्यानोपि लाइट त्यो राख्ने कुरा भएको सुनेको उनले बताए । क्यानोपि लाइट भिआइपी तर्फको रुफमा राख्न सकिन्छ । ‘क्यानोपिले एथलेटिक्सलाई काम गर्दै । फ्लड लाइटका लागि एयरपोर्टले एप्रुभ गर्दैन होला सायद,’ उनले भने ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]