default_image

3 years ago

September 14, 2021

चोटले ग्रस्त बार्सिलोना बायर्नसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना बायर्नलाई हराउँदै दुई सिजन अघि बेहोरेको लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोली १५ […]

45 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा बार्सिलोना बायर्नलाई हराउँदै दुई सिजन अघि बेहोरेको लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोली १५ मार्च २०२० को क्वाटरफाइनलमा ८–२ को फराकलो गोल अन्तरले पराजित भएको थियो ।

तर, घरेलु मैदानमा बायर्नविरुद्ध उत्रदा टोलीलाई चोटले पिरोलेको छ । फरवार्ड अन्सु फाती, सर्जियो अगुएरो, औसमाने डेम्वेले र मार्थिन ब्रेथवेटसँगै डिफेन्डर सर्जिनो डेस्ट पनि बायर्नविरुद्धको खेलमा उपलब्ध हुनेछैनन् । एन्टोइन ग्रिजमनलाई एट्लेटिको पठाइसकेको छ ।

मेम्फिस डिपाए, लुक डि योङ, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, जेरार्ड पिके, रोनाल्ड एराउजो, सर्जि रोबर्टाे र गोलरक्षक मार्क आन्दर टेर स्टेगन टोलीमा रहेका छन् । त्यतिबेला बायर्नको जितमा दुई गोल गरेका फिलिपे कौटिन्होले यसपटक बार्सिलोनाका लागि खेल्नेछन् । युसुफ डेमिर, रिकी पुज, ओस्कार मिनगुएजा, स्यामुयल उम्टिटी र क्लेमेन्ट लेङ्लेट पनि टोलीमा रहेका छन् ।

यता, जर्मन च्याम्पियन बायर्न पनि घरेलु टोलीलाई हराउने लक्ष्यमा हुनेछ । टोलीसँग रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, थोमस मुलर, लियोन गोरेट्जका, योसुवा किम्मिख, अलफन्सो डाभिस, लुकास हर्नान्डेज, डेअट उपमेकानो, बेन्जामिन पाभर्ड र गोलरक्षक तथम कप्तान म्यानुयल नुयर रहेका छन् । लिरोए साने, किङ्सले कोमान, इरिक म्याक्सिम चुपो मोटिङ, मार्सेल सवित्जर टोलीमा रहेका छन् ।

यि दुई टोलीबीचको हालसम्मको ७ भेटमा बायर्न हावी छ । बायर्नले ५ खेल आफ्नो पक्षमा पार्दा २ खेल बार्सिलोनाले जितेको छ । पछिल्लो दुवै भेटमा बायर्न विजयी भएको छ । जसमा ८–२ को जित र ३–२ को जित रहेको छ । त्यसअघि सन् २०१५ मे ७ मा बार्सिलोनाले ३–० को सहज जित निकालेको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.