default_image

3 years ago

September 14, 2021

चेल्सीले जेनिटसँग खेल्दै

एजेन्सी – गत सिजनको विजेता इंग्लिस क्लब चेल्सीले नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गसँग खेल्दैछ । यि दुई टोली कुनै पनि औपचारिक खेलमा पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी रसियन प्रतिद्वन्द्वीमाथि सहज […]

54 views

0 Bookmark

एजेन्सी – गत सिजनको विजेता इंग्लिस क्लब चेल्सीले नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गसँग खेल्दैछ ।

यि दुई टोली कुनै पनि औपचारिक खेलमा पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी रसियन प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै उपाधि रक्षा अभियानमा उत्रनेछ ।

टोलीसँग रोमेलु लुकाकु, काई हाभर्ट्ज, मेसन माउन्ट, मार्काेस अलन्सो, जर्गिन्हो, माटियो कोभासिस, रिस जेम्स, एन्टोनियो रुडिगर, एन्ड्रिएस क्रिस्टेन्सेन, कप्तान सिजर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डीको साथ रहेको छ । यसबाहेक थियागो सिल्भा, सउल निग्वेज, हाकिमी जियाच, टिमो वेर्नर, बेन चिलवेल र कलुम हड्सन ओडोइ पनि टोलीमा रहेका छन् ।

यता, जेनिथ घरेलु टोली चेल्सीलाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग अर्टिम ज्युवा, सरदार एजमोउन, वेन्डेल, विल्मर वारिओस, एलेक्सान्डर यरोखिन, डुगलस सान्तोष, डिजान लोभरेन र गोलरक्षक मिखाइल खेरजाकोभको साथ रहेको छ ।

यही समूह ‘एच’ को खेलमा स्वीडिस क्लब माल्मोले घरेलु मैदानमा इटालियन क्लब युभेन्ट्सको सामना गर्दैछ । खेल राति १२:४५ बजे हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.