default_image

3 years ago

September 15, 2021

रोनाल्डोको गोलका बाबजुद युनाइटेड पराजित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । खेलको अधिकांश समय दश खेलाडीमा सिमित रहेको युनाइटेड अन्तिम मिनेटमा गोल खाएपछि स्विस टोली योङ ब्वाइजको मैदानमा २-१ ले पराजित भएको हो । रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा […]

127 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

खेलको अधिकांश समय दश खेलाडीमा सिमित रहेको युनाइटेड अन्तिम मिनेटमा गोल खाएपछि स्विस टोली योङ ब्वाइजको मैदानमा २-१ ले पराजित भएको हो । रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा १० खेलाडीमा सिमित भएपछि खेलमा पकड गुमाउन पुगेको थियो । दोस्रो हाफमा आक्रामक देखिएको घरेलु टोलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा जेसी लिंगार्डले गम्भीर गल्ति गरेपछि योङ ब्वाइज खेल जित्न सफल भएको थियो ।

खेलको १३ औं मिनेटमा नै युनाइटेडले रोनाल्डोको गोलमा अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेसको उत्कृष्ट पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । ब्रुनोले बायाँ विंगबाट तीन डिफेन्डरलाई चिर्दै आउटसाइड फुटले दिएको क्रसलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए । उनको प्रहारलाई गोलरक्षक डेविड भन बाल्मोसले रोक्ने प्रयास गरेपनि मुस्किलले छिरेको थियो ।

२५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भयो । वान बिसाकाले क्रिस्टोफर मार्टिन्समाथि खराब ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए । युनाइटेडले लगत्तै जेडन सान्चोलाई निकाल्दै डिफेन्डर डिओगो डालोटलाई मैदान पठाएको थियो । त्यसका बाबजुद टोलीले योङ ब्वाइजको आक्रमण थेग्न सकेन ।

दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सिल्बान हेफ्तीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । योङ ब्वाइजले त्यसपछि लगातार आक्रमण बुनेपनि युनाइटेडको रक्षापंक्ति र गोलरक्षक डेविड डे हेया बाधक बनिरहे ।

इन्ज्युरी समयको पाँचौ मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका लिंगार्डले गम्भीर गल्ती गरेपछि योङ ब्वाइज अग्रता लिन सफल भएको थियो । लिंगार्डले दबाबमा रहेको अवस्थामा गोलरक्षकलाई दिएको पासलाई थिओसन जोर्डन सिबात्चेउले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै वन भर्सेस वनको स्थितिमा फिनिस गरे ।

योङ ब्वाइजले च्याम्पियन्स लिगको इतिहासमा नै दोस्रो जित दर्ता गरेको हो । यस जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भएको छ । यस समूहमा रहेका भिल्लारियल र एटलान्टाले आज नै खेल्नेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.