default_image

3 years ago

September 15, 2021

बार्सिलोनामाथि बायर्न म्युनिखको सहज जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनालाई ३-० ले पराजित गरेको छ । क्याम्प नोउमा भएको समूह ई को खेलमा बायर्न म्युनिखका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा टोमस मुलरले १ गोल गरे । खेलको पहिलो हाफमा नै बायर्नले मुलरको गोलमा अग्रता लिएको थियो । […]

50 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनालाई ३-० ले पराजित गरेको छ ।

क्याम्प नोउमा भएको समूह ई को खेलमा बायर्न म्युनिखका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा टोमस मुलरले १ गोल गरे । खेलको पहिलो हाफमा नै बायर्नले मुलरको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको ३५ औं मिनेटमा मुलरले गोल गर्न सफल भएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर एरिक गार्सियालाई लाग्दै गोल भएको थियो । त्यसअघि गोलरक्षक मार्क आन्दर टेर स्टेगनले लेरोय सानेको प्रहार विफल पारेका थिए ।

पहिलो हाफमा आक्रमण र बल पोसेसनमा बलियो देखिएको बायर्नले सोहि लयलाई निरन्तरता दियो । ५६ औं मिनेटमा पोलिस फरवार्ड लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे । जमाल मुसियालाको प्रहार पोस्टमा लागेर फर्केपछि आएको रिबाउन्डलाई लेवान्डोस्कीले पोस्टको दिशा दिँदै २-० को अग्रता दिलाएका थिए ।

खेलको ५ मिनेट समय बाँकी रहँदा लेवान्डोस्कीले नै बायर्नलाई ३-० ले अघि बढाए । सर्ज जिनाब्रीको प्रहार पोस्टमा लागेर फर्केपछि रिबाउन्ड लेवान्डोस्कीकै खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्स नजिक बललाई नियन्त्रणमा लिँदै गरेको प्रहार रोनाल्ड अराउजोलाई लाग्दै गोल भएको थियो ।

यसै समूहको अर्को खेलमा डिनामो किएभ र बेन्फिकाले गोलरहित बराबरी खेले । पाहुना टोली बेन्फिकाले खेल अधिकांश समय आफ्नो नियन्त्रणमा राखेपनि अवसर सदुपयोग गर्न नसक्दा अंक बाड्नुपर्यो । घरेलु टोली किएभका लागि मिकोला सापारेन्कोले अन्तिम समयमा गोल गरेपनि रेफ्रीले भीएआरको सहायता लिँदै उक्त गोललाई अफसाइड दिए । बायर्नको ३ अंक हुँदा बेन्फिका र किएभ १-१ अंक जोड्न सफल भए । बार्सिलोना अंकविहिन छ ।

त्यसअघि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि समूह एफक पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भयो । खेलको अधिकांश समय दश खेलाडीमा सिमित रहेको युनाइटेड अन्तिम मिनेटमा गोल खाएपछि स्विस टोली योङ ब्वाइजको मैदानमा २-१ ले पराजित भयो ।

रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा १० खेलाडीमा सिमित भएपछि खेलमा पकड गुमाउन पुगेको थियो । दोस्रो हाफमा आक्रामक देखिएको घरेलु टोलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा जेसी लिंगार्डले गम्भीर गल्ति गरेपछि योङ ब्वाइज खेल जित्न सफल भएको थियो ।

खेलको १३ औं मिनेटमा नै युनाइटेडले रोनाल्डोको गोलमा अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेसको उत्कृष्ट पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । ब्रुनोले बायाँ विंगबाट तीन डिफेन्डरलाई चिर्दै आउटसाइड फुटले दिएको क्रसलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए । उनको प्रहारलाई गोलरक्षक डेविड भन बाल्मोसले रोक्ने प्रयास गरेपनि मुस्किलले छिरेको थियो ।

२५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भयो । वान बिसाकाले क्रिस्टोफर मार्टिन्समाथि खराब ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए । युनाइटेडले लगत्तै जेडन सान्चोलाई निकाल्दै डिफेन्डर डिओगो डालोटलाई मैदान पठाएको थियो । त्यसका बाबजुद टोलीले योङ ब्वाइजको आक्रमण थेग्न सकेन ।

दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सिल्बान हेफ्तीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । योङ ब्वाइजले त्यसपछि लगातार आक्रमण बुनेपनि युनाइटेडको रक्षापंक्ति र गोलरक्षक डेविड डे हेया बाधक बनिरहे ।

इन्ज्युरी समयको पाँचौ मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका लिंगार्डले गम्भीर गल्ती गरेपछि योङ ब्वाइज अग्रता लिन सफल भएको थियो । लिंगार्डले दबाबमा रहेको अवस्थामा गोलरक्षकलाई दिएको पासलाई थिओसन जोर्डन सिबात्चेउले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै वन भर्सेस वनको स्थितिमा फिनिस गरे ।

योङ ब्वाइजले च्याम्पियन्स लिगको इतिहासमा नै दोस्रो जित दर्ता गरेको हो । यस जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भयो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.