default_image

3 years ago

September 15, 2021

युभेन्ट्सले माल्मोलाई हरायो

एजेन्सी – नयाँ सिजन (२०२१–२२) को युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ । पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३–० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । इल्डा स्टेडियम […]

47 views

0 Bookmark

एजेन्सी – नयाँ सिजन (२०२१–२२) को युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ ।

पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३–० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । इल्डा स्टेडियम माल्मोमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर दुई गोल थप्दै युभेन्ट्स बलियो स्थितिमा पुगेको थियो । ४५औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । लास्सी नेल्सनले पेनाल्टी बक्समा पाउलो डिबालामाथि फल गरेपछि भिएआरको सहायतामा युभेन्ट्सको पेनाल्टी प्रमप्त गर्दा डिबाला आँफैले गोल गरे ।

पेनाल्टी गोल लगत्तै डिबालाकै लामो पासमा अल्भारो मोराटाले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए । दोस्रो हाफमा दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको तीन गोल नै युभेन्ट्सको जितमा पर्याप्त बन्यो ।

यही समूह ‘एच’ को अर्काे खेलमा साविकको विजेता इंग्लिस क्लब चेल्सीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई १–० ले पराजित गरेको छ । चेल्सीको जितमा दोस्रो हाफमा रोमेलु लुकाकुले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । अंकविहीन जेनिट र माल्मो तेस्रो र चौथो स्थानमा रहेको छ ।

अन्य नतिजा
समूह ‘एफ’
योङ ब्वाइज
विरुद्ध म्यानचेस्टर युनाइटेड (–१)
भिल्लारियलविरुद्ध एटलान्टा (२–२)
समूह ‘जी’
सेभियाविरुद्ध साल्जवर्ग (१–१)
लिलविरुद्ध वल्फ्सवर्ग (०–०)
समूह ‘ई’
बार्सिलोनाविरुद्ध बायर्न म्युनिख (०–)
डेनामो किएभविरुद्ध बेन्फिका (०–०)
समूह ‘एच’
चेल्सी
विरुद्ध जेनिट सेन्ट पिटर्सवर्ग (–०)
माल्मोविरुद्ध युभेन्ट्स (०–)

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.