default_image

3 years ago

September 15, 2021

च्याम्पियन्स लिग – सम्पूर्ण जानकारी

एजेन्सी – युरोपियन क्लब फुटबलको लोकप्रिय युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन (२०२१–२२) को दोस्रो दिन आज (बुधबार) समूह चरणको पहिलो राउन्डको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ । बुधबार राति समूह ‘सी’, समूह ‘डी’, समूह ‘ए’ र समूह ‘बी’ को खेलहरु हुनेछन् । समूह ‘सी’ मा टर्किस क्लब बेसिक्टासले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डको आतिथ्यता […]

94 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लब फुटबलको लोकप्रिय युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन (२०२१–२२) को दोस्रो दिन आज (बुधबार) समूह चरणको पहिलो राउन्डको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

बुधबार राति समूह ‘सी’, समूह ‘डी’, समूह ‘ए’ र समूह ‘बी’ को खेलहरु हुनेछन् । समूह ‘सी’ मा टर्किस क्लब बेसिक्टासले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दैछ । खेल भोडाफोन पार्क इस्तानबुल टर्कीमा नेपाली समय अनुसार राति १०ः३० बजे हुनेछ । यही समूहको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा डच क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘डी’ मा मोल्दोभाको एफसी सेरिफले युक्रेनी क्लब साख्तर डोनेस्कसँग खेल्दैछ । सेरिफले पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । सेरिफ पहिलो सहभागितामै सुखद नतिजा ल्याउने लक्ष्यमा हुनेछ ।

यही समूहमा इटालियन च्याम्पियन इन्टर मिलानले च्याम्पियन्स लिगको सर्वाधिक १३ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्दैछ । दुवै टोलीको जितको लक्ष्यसहित मैदान उत्रनेछ । लयमा रहेको करिम बेन्जेमा र भिनिसियस जुनियर घरेलु टोलीका लागि टाउको दुखाई हुन सक्नेछ ।

समूह ‘ए’ मा यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन –पीएसजीले बेल्जियन क्लब ब्रुगको भ्रमण गर्दैछ । यो खेलमा केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सीले एकपटक मैदान उत्रने सम्भावना छ । यही समूहमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा जर्मन अन्डर डग आरबी लाइप्जिगसँग खेल्दैछ ।

समूह ‘बी’ मा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पोर्टाेसँग खेल्दैछ । यही समूहमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानसँग खेल्दैछ ।

खेल समय
समूह ‘सी’
बेसिक्टासविरुद्ध बोरुसिया डर्टमुन्ड (राति १०ः३० बजे) भोडाफोन पार्क इस्तानवुल, टर्की
स्पोर्टिङ सिपीविरुद्ध आयाक्स (राति १२ः४५ बजे) लिस्वोआ पोर्चुगल
समूह ‘डी’
एफसी सेरिफविरुद्ध साख्तर डोनेस्क (राति १०ः३० बजे) बोल्साया एरिना, टिरासपोल, मोल्दोभा
इन्टर मिलानविरुद्ध रियल म्याड्रिड (राति १२ः४५ बजे) मिलानो इटाली
समूह ‘ए’
क्लब ब्रुगविरुद्ध पीएसजी (राति १२ः४५ बजे) जान ब्रेडेल ब्रग बेल्जियम
म्यानचेस्टर सिटीविरुद्ध आरबी लाइप्जिग (राति १२ः४५ बजे) इतिहाद स्टेडियम म्यानचेस्टर
समूह ‘बी’
एट्लेटिको म्याड्रिडविरुद्ध एफसी पोर्टाे (राति १२ः४५ बजे) वान्डा मेट्रोपोलिटानो स्पेन
लिभरपुलविरुद्ध एसी मिलान (राति १२ः४५ बजे) एनफिल्ड लिभरपुल

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.