default_image

3 years ago

September 15, 2021

इन्टर मिलान र रियल म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेल मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार गुइसेप्पी मिएज्जा मिलानो इटालीमा राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा यो समरमा स्टार खेलाडी रोमेलु लुकाकु र अचरफ […]

35 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेल मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ ।

खेल नेपाली समयअनुसार गुइसेप्पी मिएज्जा मिलानो इटालीमा राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा यो समरमा स्टार खेलाडी रोमेलु लुकाकु र अचरफ हाकिमीलाई गुमाएको इन्टर रियललाई स्तब्ध पार्दै समूह चरणमा सुखद नतिजा आत्मसात गर्न चाहन्छ ।

टोलीसँग लोउटारो मार्टिनेज, इडेन जेको, इभान पेरिसिस, हकान चलहानो ग्लु, मार्सेलो ब्रोजोभिक, निकोलो बरेल्ला, माटियो डार्मिएन, फेडरिको डिमार्काे, स्टेफन डि भिरिज, मिलान स्क्रिनिएर र गोलरक्षक समिर हान्डानोभिक रहेका छन् । यस्तै जोआक्विन कोरेआ र फकुन्डो कोलिडिओ पनि टोलीमा रहेका छन् ।

यता च्याम्पियन्स लिगको सर्वाधिक सफल रियल म्याड्रिड घरेलु टोली इन्टरलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग लयमा रहेको फरवार्ड करिम बेन्जेमा र भिनिसियस जुनियर नै मुख्य हतियार हुनेछन् ।

यस्तै इडेन हाजार्ड, लुका मोड्रिच, क्यासमिरो, फेडे भाल्भेर्डे, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल, मिगुइल गुइटेरेज र गोलरक्षक थिवाउट कोर्टुवा पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो पाँच भेटमा इन्टरले रियललाई पराजित गर्न सकेको छैन । जसमा इन्टरले चार हार बेहोरेको छ । १ खेल बराबरीमा सकिएको छ । इन्टर मिलान रियलसँगको हारको जिन्क तोड्ने लक्ष्यमा हुनेछ । पछिल्लो तीन खेलमा रियल इन्टरसँग अपराजित छ । खेलमा इन्टरले पेनाल्टी सुटआउटमा जित निकालेको थियो ।

यही समूह ‘डी’ को अर्काे खेलमा मोल्दोभाको एफसी सेरिफले युक्रेनी क्लब साख्तर डोनेस्कसाग राति १०ः३० बजे प्रतिस्पर्धा गर्दैछ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.