default_image

3 years ago

September 15, 2021

लिभरपुल र एसी मिलान भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समुह चरणको पहिलो राउन्डको खेलमा इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब एसी मिलान आमाने–सामाने हुँदैछन् । खेल एनफिल्डमा नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल इटालियन प्रतिद्धन्द्धी मिलानलाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, थियागो अलकान्तरा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ […]

35 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समुह चरणको पहिलो राउन्डको खेलमा इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब एसी मिलान आमाने–सामाने हुँदैछन् । खेल एनफिल्डमा नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा लिभरपुल इटालियन प्रतिद्धन्द्धी मिलानलाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, थियागो अलकान्तरा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, जोएल मटिप, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् । चोटका कारण रोबर्टाे फिर्मिनोले खेल्ने सम्भावना न्युन छ । डिभोक ओरिगी र जेम्स मिल्नर पनि टोलीमा रहेका छन् ।

यता, एसी मिलान पनि घरेलु टोली लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगमा सुखद नतिजा ल्याउने लक्ष्यमा मैदान उत्रनेछ । चोटका कारण भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच टोलीमा रहनेछैनन् ।

एन्टि रेविच, राफयल लिआओ, ब्राहिम डियाज, एलेक्सिस साइलमेकर्स, फ्रान्क केस्सी, सान्द्रो टोनाली, थियो हर्नान्डेज, सिमोन कायर, फिकायो तोमारी, डाभिड कालाब्रिया र गोलरक्षक मिक मेइगनान टोलीमा रहेका छन् । यसबाहेक ओलिभर जिरुड, एलेसान्द्रो फ्लोरेन्जी र एलेसियो रोमागनोली पनि टोलीमा रहेका छन् ।

यि दुई टोली सन् २०१६ पछि पहिलोपटक भिड्न लागेका हुन् । त्यतिबेला च्याम्पियन्स कपमा लिभरपुलले २–० को जित निकालेको थियो ।

यही समूह ‘बी’ को अर्काे खेलमा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा पोर्चुगिज क्लब एफसी पोर्टाेसँग खेल्दैछ । खेल राति १२:४५ बजे हुने छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.