default_image

3 years ago

September 15, 2021

उज्वेकिस्तान पुगेको महिला टोलीद्वारा हल्का अभ्यास

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप २०२२ को छनोट खेल्न उज्वेकिस्तान पुगेको नेपाली टोलीले बुधबार हल्का अभ्यास गरेको छ । सोमबार नेपालबाट प्रस्थान गरेको टोली बुधबार विहान पुगेको थियो । टोलीका सबै सदस्यको पीसीआर परिक्षण गरिएको छ । अब टोलीको सबैको नतिजा आएपछि मात्र पूर्ण प्रशिक्षण गर्न पाउनेछ । टोली हाल होटेलभित्र नै […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप २०२२ को छनोट खेल्न उज्वेकिस्तान पुगेको नेपाली टोलीले बुधबार हल्का अभ्यास गरेको छ । सोमबार नेपालबाट प्रस्थान गरेको टोली बुधबार विहान पुगेको थियो ।

टोलीका सबै सदस्यको पीसीआर परिक्षण गरिएको छ । अब टोलीको सबैको नतिजा आएपछि मात्र पूर्ण प्रशिक्षण गर्न पाउनेछ । टोली हाल होटेलभित्र नै क्वारेन्टिनमा रहेको छ ।

छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए । तर स्वास्थ्य स्थितिका कारण टोलीका नियमित सदस्य डिफेन्डर पुनम जर्घा मगर उज्वेकिस्तान भ्रमणमा छैनन् । उनले दशरथ रंगशालामा आयोजना भएको बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल समेत गुमाएकी थिइन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल रहेको समूह ‘एफ’ मा र फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग २ असोजमा खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेल ५ असोजमा हुने छ । यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५-० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १-० र १९८९ मा ३-० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बंगलादेशसँगको दुई खेलबाट ५ खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका थिए । प्रशिक्षक ग्यारीले सविता रानामगर, प्रीति राई, रश्मी कुमारी घिसिङ, सिर्जना सिंह ठकुरी र रजनी ठोकरलाई डेब्यु दिएका थिए । रजनीले दोस्रो खेलको अन्त्यतिर डेब्यु पाएकी थिइन् । अब टोलीमा रहेका डिफेन्डरद्वय विमला विक र निशा थोकरले डेब्यु गर्न बाँकी छ ।

टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स, सहायक प्रशिक्षकमा चेतन घिमिरे, भगवती थापा, अरुणा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य छन् । टोलीसँगै महिला फुटबल विभागका प्रमुख हरि खड्का पनि रहेका छन् । फिजियोमा नविना श्रेष्ठ वैद्य र मनिषा महर्जन, इक्विपमेन्ट म्यानेजरमा दुर्गा बुढा तथा मिडिया अफिसर शिवानी थापा रहेकी छिन् ।

नेपाली टोली :

गोलकिपर – अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

डिफेन्डर : अमृता जैसी, विमला विक, गिता राना, हिराकुमारी भुजेल, निशा थोकर, सृजना सिंह, पूजा राना

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, दीपा राई, इन्दिरा राई, मन्जली तामाङ योन्जन, प्रिति राई, रेनुका नगरकोटे,

फरवार्ड : अनिता केसी, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, सरु लिम्बु

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.