default_image

3 years ago

September 16, 2021

पीएसजी बराबरीमा रोकियो

एजेन्सी – अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियन क्लब ब्रुगसँग बराबरीमा खेलेको छ । ब्रुगमा बुधबार राति भएको खेलमा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पीएसजीका लागि एन्डर हेरेराले गाल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी […]

46 views

0 Bookmark

एजेन्सी – अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियन क्लब ब्रुगसँग बराबरीमा खेलेको छ ।

ब्रुगमा बुधबार राति भएको खेलमा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पीएसजीका लागि एन्डर हेरेराले गाल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १५औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीपछि बल पोसेसनमा बलियो पकड राखेपनि पीएसजीले क्लब ब्रुगको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट पीएसजी आएपछि मेस्सी, एमबाप्पे र नेयमार एकैपटक मैदान उत्रिएको हो । तर, उनीहरुले आफ्नो जादु देखाउन सकेनन् ।

यही समूहको अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले १० खेलाडीमा समेटिएको जर्मन क्लब आरबी लाइप्जिगमाथि ६–३ को सानदार जित निकालेको छ । सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका क्रिस्टोफोर एनकुकुले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेन ।

एन्जलेलिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लाइप्जिग ७९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसबेलासम्म सिटीले ५–३ को फराकिलो अग्रता लिइसकेको थियो ।

यो नतिजापछि सिटी ३ अंक जोडेर शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन् । लाइप्जिग अंक विहीन छ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.