default_image

3 years ago

September 16, 2021

लिभरपुलको रोमाञ्चक जित, एट्लेटिको रोकियो

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन प्रतिद्धन्द्धी एसी मिलानमाथि रोमाञ्चक जित निकालेको छ । सुरुवाती अग्रता लिनका बावजुत खेलमा पछि परेको लिभरपुलले घरेलु मैदानमा एसी मिलानलाई ३–२ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका […]

31 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन प्रतिद्धन्द्धी एसी मिलानमाथि रोमाञ्चक जित निकालेको छ ।

सुरुवाती अग्रता लिनका बावजुत खेलमा पछि परेको लिभरपुलले घरेलु मैदानमा एसी मिलानलाई ३–२ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका एन्टी रेविच र ब्राहिम डियाजले गोल गरे ।

एनफिल्डमा बुधबार राति भएको खेलको नवौं मिनेटमा नै फिकायो तोमोरीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र सलाहले वान टु वान पास खेल्दा तोमोरीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

१४औं मिनेटमा लिभरपुलले पेनाल्टी प्राप्त गरेपनि मोहम्मद सलाहको पेनाल्टीलाई मिक मेइगनानले बचाउँदा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । एन्ड्रिउ रोबर्टसनको भली प्रहारलाई पेनाल्टी बक्समा इस्माइल बेनासेरले हातले छोएपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी प्रदान गरेको थियो ।

पहिलो हाफको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि मिलानले पहिलो हाफमा अग्रता लिन सफल भएको थियो । ४२औं मिनेटमा एन्टी रेविचले राफायल लियोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको शुरुमै मोहम्मद सलाहले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । डिभोक ओरिगीको पासमा सलाहले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई पुनः ३–२ को अग्रता दिलाए । उनले आर्नाेल्डको कर्नरमा हेन्डरसनले गरेको हाफ भली प्रहारलाई गोलमा परिणत गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ब्राहिम डियाजको प्रहार बाहिरिदा मिलान बराबरीबाट चुक्दा लिभरपुलले रोमाञ्चक जित निकाल्न सफल भएको थियो ।

यही समूह ‘बी’ को अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पोर्चुगिज क्लब एफसी पोर्टाेसँग गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजापछि समूह ‘बी’ मा लिभरपुलले ३ अंक जोडेको छ । एट्लेटिको म्याड्रिड र पोर्टाेको समान १ अंक रहँदा मिलान अंकविहीन हुदै पुछारमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.