default_image

3 years ago

September 16, 2021

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि ६–३ को फराकिलो जित निकालेको हो । सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले […]

29 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि ६–३ को फराकिलो जित निकालेको हो

सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका क्रिस्टोफोर एनकुकुले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेन ।

खेलको १६औं मिनेटमा नाथन एकेको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए । २८औं मिनेटमा नोर्दी मुकिलेले आत्मघाती गोल गरेपछि सिटीले खेलमा २–० को अग्रता लिन सफल भयो । केभिन डि ब्रुएनको क्रसलाई क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

४२औं मिनेटमा नोर्दी मुकिलेले पासमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए ।

५१औं मिनेटम ड्यानी ओल्मोको पासमा क्रिस्टोफोरले व्यत्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लाइप्जिगलाई खेलमा फर्कने संकेत दिए । ५६औं मिनेटमा ज्याक ग्रेलिसले रुवेन डियासको पासमा गोल गर्दै सिटीलाई जिततर्फ अग्रसर गराए । ७३औं मिनेटमा क्रिस्टोफोरले युसुफ पउलसेनको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पुनः टोलीको आशा जगाए ।

त्यसको दुई मिनेटपछि नै जोओ क्यान्सिलोले इल्के गुन्डोगानको पासमा गोल गरेपछि सिटी जिततर्फ अग्रसर बन्यो । एन्जेलिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लाइप्जिग ७९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसबेलासम्म सिटीले ५–३ को अग्रता लिइसकेको थियो । ८५औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई ६–३ को फराकिलो जित दिलाए ।

यही समुह ‘ए’ को अर्काे खेलमा अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा खेलेको छ ।

यो नतिजापछि सिटी ३ अंक जोडेर शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन् । लाइप्जिग अंकविहीन छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.