default_image

3 years ago

September 16, 2021

हल्लेरको ह्याट्रिकमा आयाक्सको सानदार जित, डर्टमुन्ड पनि विजयी

एजेन्सी – आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हल्लेरको ह्याट्रिकसहित चार गोल मद्दतमा डच क्लब आयाक्सले युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा सानदार जित निकालेको छ । आयाक्सले स्पोर्टिङ सिपीलाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो । स्टेभन वर्गहुइसले एक गोल थप्दा घरेलु टोलीका लागि पाउलिन्होको गोल सान्त्वना बन्यो । लिसवोआमा बुधबार राति भएको खेलको […]

45 views

0 Bookmark

एजेन्सी – आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हल्लेरको ह्याट्रिकसहित चार गोल मद्दतमा डच क्लब आयाक्सले युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा सानदार जित निकालेको छ ।

आयाक्सले स्पोर्टिङ सिपीलाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो । स्टेभन वर्गहुइसले एक गोल थप्दा घरेलु टोलीका लागि पाउलिन्होको गोल सान्त्वना बन्यो । लिसवोआमा बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै सेवास्टिन हल्लेरको गोलबाट आयाक्सले अग्रता लिएको थियो ।

नवौं मिनेटमा एन्टोनीको पासमा हल्लेरले व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गरे । ३३औं मिनेटमा पाउलिन्होले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३९औं मिनेटमा स्टेभन वर्गहुइसले रायन ग्राभेनवर्चको पासमा गोल गरेपछि आयाक्सले पहिलो हाफमा ३–१ का आरामदायी अग्रता लिएको थियो ।

४७औं मिनेटमा स्पोर्टिङका पाउलिन्होले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए । ५१औं मिनेटमा सेवास्टिन हल्लेरले ह्याट्रिक पुरा गरेपछि आयाक्स फराकिलो जिततर्फ अग्रसर बन्यो । ६३औं मिनेटमा हल्लेरले व्यत्तिगत चौथो तथा टोलीका लागि पाँचौ गोल गर्दै आयाक्सलाई सानदार जित दिलाए ।

यही समूह ‘सी’ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले टर्किस क्लब बेसिक्टासलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । डर्टमुन्डको जितमा जुडे बेलिङघम र एर्लिङ ब्राउट हालान्डले गोल गर्दा घरेलु टोलीका फ्रान्सिस्को मोन्टेरोले एक गोल फर्काए । यो नतिजापछि आयाक्स र डर्टमुन्डले समान ३ अंक जोडेका छने । बेसिक्टास र स्पोर्टिङ अंकविहीन बनेको छ ।

अन्य नतिजा
समूह ‘सी’
बेसिक्टासविरुद्ध बोरुसिया डर्टमुन्ड (१–)
स्पोर्टिङ सिपीविरुद्ध आयाक्स (१–)
समूह ‘डी’
एफसी सेरिफ
विरुद्ध साख्तर डोनेस्क (२–०)
इन्टर मिलानविरुद्ध रियल म्याड्रिड (०–)
समूह ‘ए’
क्लब ब्रुगविरुद्ध पीएसजी (१–१)
म्यानचेस्टर सिटीविरुद्ध आरबी लाइप्जिग (–३)
समूह ‘बी’
एट्लेटिको म्याड्रिडविरुद्ध एफसी पोर्टाे (०–०)
लिभरपुलविरुद्ध एसी मिलान (–२)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.