default_image

3 years ago

September 16, 2021

एमबाप्पेको कीर्तिमान बेलिङघमले तोडे

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस युवा स्टार जुड बेलिङघमले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले युइएफए च्याम्पियन्स लिगमा राखेको कीर्तिमान तोडेका छन् । बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बेसिक्टासमाथि २–१ को जित निकालेको खेलमा एक गोल र अर्काे असिस्ट दिएपछि बेलिङघमले च्याम्पियन्स लिगमा लगातार दुई खेलमा गोल गर्दै सबैभन्दा कम उमेरमा […]

63 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस युवा स्टार जुड बेलिङघमले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले युइएफए च्याम्पियन्स लिगमा राखेको कीर्तिमान तोडेका छन् ।

बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बेसिक्टासमाथि २–१ को जित निकालेको खेलमा एक गोल र अर्काे असिस्ट दिएपछि बेलिङघमले च्याम्पियन्स लिगमा लगातार दुई खेलमा गोल गर्दै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका हुन् । उनले १८ वर्ष ७८ दिनमा लगातार दोस्रो गोल गरेका हुन् ।

यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेले सन् २०१७ मा (त्यतिबेला मोनाको) बाट १८ वर्ष ८५ दिनमा लगातार दुई खेलमा गोल गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

बेलिङघमले गत सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको दोस्रो लेग खेल्दै च्याम्पियन्स लिगको डेब्युै खेलमै गोल गर्न सफल भएको थिए । दोस्रो लेगमा उनकै गोलमा अग्रता लिएपनि जोगाउन नसक्दा डर्टमुन्डले हार बेहोरेको थियो । त्यसबेला समग्रमा डर्टमुन्ड ४–२ ले पराजित भएको थियो ।

यस्तै बेलिङघम च्याम्पियन्स लिगको अवे खेलमा गोल गर्ने कान्छो इंग्लिस खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान मर्सिसाइड क्लब लिभरपुलका ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले सन् २०१७ अक्टोवरमा १९ वर्ष १० दिनको उमेरमा मारिवोरविरुद्ध अवे गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.