default_image

3 years ago

September 16, 2021

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । नयाँ वरियतामा नेपाल १ सय ६८औं स्थानमा यथावत रहन सफल भएको थियो । नेपालले (सेप्टेम्वर) मा छिमेकी प्रतिद्धन्द्धी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले अग्रता […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।

नयाँ वरियतामा नेपाल १ सय ६८औं स्थानमा यथावत रहन सफल भएको थियो । नेपालले (सेप्टेम्वर) मा छिमेकी प्रतिद्धन्द्धी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले अग्रता जोगाउन नसक्दा भारतसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो मैत्रीपुर्णमा नेपालले २–१ को हार बेहोरेको थियो ।

दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ७ औं स्थानमा रहेको छ । माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।

बंगलादेश १८९औं, भुटान १८७औं, पाकिस्तान १९८औं र श्रीलंका २०५औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो स्थानमा यथावत रहेको छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिदा फ्रान्स चौथो स्थानमा झरेको छ ।

इटाली र अर्जेन्टिना पाँचौ र छैटौ स्थानमा रहँदा पोर्चुगलले एक स्थान सुधार गर्दै सातौ स्थानमा उक्लदा स्पेन एक स्थान तल झर्दै आठौं स्थानमा पुगेको छ । मेक्सिको नवौं स्थानमा यथावत रहँदा डेनमार्क शीर्ष १० उक्लिएको छ । वरीयतामा नेदरल्यान्ड र उरुग्वेले पनि वरियतामा सुधार गरे ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.