default_image

3 years ago

September 17, 2021

हालान्डमाथि एमबाप्पे हावी

एजेन्सी – विश्व फुटबलमा अहिले लिओन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहस बारम्बार चल्ने गरेको छ । झन्डै दुई दशकदेखि विश्व फुटबलमा मेस्सी र रोनाल्डो सक्रिय छन् । राष्ट्रिय टोली र क्लबबाट गरेको प्रदर्शन र तथ्याङ्क हेर्दा दुवै खेलाडी सफल रहँदै आएका छन् । अझै केहि वर्ष उनीहरुले विश्व फुटबलमा राज गर्ने सम्भावना देखिन्छ […]

42 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा अहिले लिओन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहस बारम्बार चल्ने गरेको छ । झन्डै दुई दशकदेखि विश्व फुटबलमा मेस्सी र रोनाल्डो सक्रिय छन् । राष्ट्रिय टोली र क्लबबाट गरेको प्रदर्शन र तथ्याङ्क हेर्दा दुवै खेलाडी सफल रहँदै आएका छन् । अझै केहि वर्ष उनीहरुले विश्व फुटबलमा राज गर्ने सम्भावना देखिन्छ ।

रोनाल्डो र मेस्सीकै तुलनामा नभएपनि अहिलेका केहि युवा खेलाडीबाट भविष्यमा सफलताको आशा गर्न सकिने देखिएको छ । त्यसमध्येका दुई खेलाडी हुने फ्रान्सका केलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्ड रहेका छन् । प्रभावशाली यि दुई खेलाडीको पछिल्लो दुई सिजनलाई हेर्ने हो भने भविष्यमा ठूला स्टार बन्ने पर्याप्त सम्भावना रहेको छ । एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि गत सिजन ४२ गोल गर्दा बारुसिया डर्टमन्डका लागि ४४ गोल गरेका थिए ।

एमबाप्पे र हालान्डले भविष्यमा विश्व फुटबलको सुपर स्टार बन्नका लागि अहिले आधार तयार गरिरहेका छन् । व्यवसायिक फुटबलमा यि दुई खेलाडीले गरेको प्रदर्शनका आधारमा भविष्यका उत्कृष्ट खेलाडी बन्ने सम्भावना रहेको छ । उमेरको तुलनमा एमबाप्पे हालान्डभन्दा डेढ वर्ष जेठो छन् । यि दुईले अहिले सम्म गरेको प्रदर्शन र गोलका आधारमा तुलाना गर्न सकिन्छ ।

एमबाप्पेविरुद्ध हालान्ड : क्लब गोल

एमबाप्पे – सिजन – हालान्ड

२०१५/१६

२६ २०१६/१७

२१ २०१७/१८ १२

३९ २०१८/१९

३० २०१९/२० ४४

४२ २०२०/२१ ४१

२०२१/२२

१६६ कुल ११५

दुवैको व्यवासयिक खेल जीवन २०१५/१६ मा सुरु भएको थियो । एमबाप्पेले एएस मोनाकोबाट लिग वान र हालान्डले नर्वेको माथिल्लो स्तरका ब्रेने एफएमा खेलेका थिए । पछिल्लो सात सिजनमा एमबाप्पेले मोनाको र पिएसजीबाट १ सय ६६ गोल गर्दा हालान्डले ब्रेने, मोल्डे, रेडबुल साल्सबर्ग र डर्टमन्डबाट १ सय १५ गोल गरेका थिए ।

फ्रान्सेली फरवगार्डले २०२०/२१ को सिजनमा व्यक्तिगत सर्वाधिक गोल गर्ने क्रममा पिएसजीका लागि ४२ गोल गरे । हालान्डले डर्टमन्डका लागि २०१९/२० सिजनमा ४४ गोल गरेका थिए ।

एमबाप्पेविरुद्ध हालान्ड : क्लब असिस्ट

एमबाप्पे – सिजन – हालान्ड

२०१५/१६

१४ २०१६/१७

१५ २०१७/१८

१७ २०१८/१९

१८ २०१९/२० १०

११ २०२०/२१ १२

२०२१/२२

८१ कुल ३२

एमबाप्पे गोलमा मात्र होइन हालान्ड भन्दा असिस्टमा पनि अगाडि छन् । एमबाप्पेले सात सिजनमा ८१ असिस्ट गरिसकेका छन् । जुन हालान्डको भन्दा ४८ बढी हो । हालान्डले ३२ असिस्ट गरेका छन् । पिएसजीका स्टारले २०१९-२० को सिजनमा सर्वाधिक १८ असिस्ट गरेका थिए । त्यस्तै हालान्डले सर्वाधिक असिस्ट गर्ने क्रममा गत सिजन १२ असिस्ट गरेका थिए ।

एमबाप्पेविरुद्ध हालान्ड : अन्तर्राष्ट्रिय गोल र असिस्ट

एमबाप्पे – १७ गोल १६ असिस्ट ४९ खेल

हालान्ड – १२ गोल १ असिस्ट १५ खेल

एमबाप्पेले २०१७ मा फ्रान्सेली टोलीबाट डेब्यू गरेका छन् । उनले अहिले सम्म ४९ खेल खेल्दा १७ गोल र १६ असिस्ट गरेका छन् । हालान्डले २०१९ मा नर्वेली टोलीबाट डेब्यू गरेका थिए । १५ खेलमा उनले १२ गोल गर्दै एक असिस्ट गरेका छन् ।

एमबाप्पेविरुद्ध हालान्ड : क्लब उपाधि

एमबाप्पे – उपाधि – हालान्ड

लिग

क्लब प्रतिस्पर्धा

एमबाप्पेले ४ पटक लिग उपाधि र तीन वटा नकआउट उपाधि जितेका छन् । ४ मध्ये उनले ३ लिग उपाधि पिएसजी र १ एएस मोनाकोका लागि जितेका थिए । त्यस्तै हालान्डले दुई लिग र दुई नकआउट उपाधि जितेका छन् । लिग उपाधि उनले अष्ट्रियाको रेड बुल सलसबर्गका लागि जितेका थिए ।

एमबाप्पेविरुद्ध हालान्ड : अन्तर्राष्ट्रिय उपाधि

नर्वेका हालान्डको तुलानामा एमबाप्पे बलियो फ्रान्सेली टालीबाट खेल्नछन् । एमबाप्पेले खेल जीवनलार्य उचाई दिने क्रमममा फ्रान्सलाई २०१८ मा विश्व कप उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । हालान्डले भने राष्ट्रिय टोलीका लागि महत्वपूर्ण उपाधि जित्न बाँकी छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.