default_image

3 years ago

September 18, 2021

मेस्सी, नेयमार र एमबाप्पेमा तालमेलको कमी

एजेन्सी – विश्व फुटबलका सनसनीमध्येका ३ खेलाडी लिओनल मेस्सी, नेयमार र केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पहिलो पटक एक साथ च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणको खेलमा उत्रेका थिए । तर बेल्जियन टोली क्लब ब्रगविरुद्ध पिएसजी १–१ को बराबरीमा रोकिएको थियो । उच्च अपेक्षा गरिएपनि पिएसजीले त्यस्तो प्रदर्शन गर्न सकेन । त्यसै कारण हुन […]

49 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका सनसनीमध्येका ३ खेलाडी लिओनल मेस्सी, नेयमार र केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पहिलो पटक एक साथ च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणको खेलमा उत्रेका थिए । तर बेल्जियन टोली क्लब ब्रगविरुद्ध पिएसजी १–१ को बराबरीमा रोकिएको थियो ।

उच्च अपेक्षा गरिएपनि पिएसजीले त्यस्तो प्रदर्शन गर्न सकेन । त्यसै कारण हुन सक्छ मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले अझै पनि टोली बनाउन बाँकी रहेको बताएका छन् । पिएसजीले यसपटक टोलीमा स्टारहरुको भेला गरेको छ । यद्दपी टोलीमा यसै पनि नेयमार र एमबाप्पेसहितका स्टार थिए । तर पनि स्टारहरुका बीचमा आपसी तालमेलका लागि भने केहि समय लाग्ने देखिन्छ ।

तीन स्टारले क्लब फुटबलमा संयुक्त रुपमा ११ सय भन्दा बढी गोल गरिसकेका छन् । यद्दपी च्याम्पियन्स लिगमा बुधबार पिएसजीले बराबरीमा चित्त बुझाउनु परेको थियो ।

पोचेटिनोले के भने ?

पिएसजीमा विश्व कप विजेता एमबाप्पे, ६ पटकका बालोन डि ओर विजेता मेस्सी र ब्राजिलका सुपरस्टार नेयमार रहँदा पनि बराबरी कमैले अपेक्षा गरेका थिए । ब्रुगविरुद्ध स्टार सम्मिलित टोलीले संघर्ष गर्नुपरेको थियो । पोचेटिनोले भने, ‘हामीलाई थाहा छ हामीले सुधार गर्नुपर्नेछ । त्यसका लागि हामीलाई कुनै समस्या छैन । म रक्षापंक्तिको प्रयासबाट खुसी छु । हामी खेलको अन्य पक्षमा भने बलियो थियौं ।’

प्रशिक्षक पोचेटिनोले टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउनका लागि एकअर्कालाई राम्ररी जान्न बुझ्न आवश्यक रहेको बताएका छन् । ‘सँगै सफलता दिलाउनका लागि हामीले प्रयास गर्नुपर्ने हुन्छ । त्यसमा समस्या छैन । हामीले च्याम्पियन्स लिगको खेलमा बलियो रुपम प्रस्तुत हुन सकेनौं,’ उनले थपे, ‘हामी नतिजा र प्रदर्शनबाट सन्तुष छैनौं । हामीलाई थाहा छ यो भन्दा उत्कृष्ट हुनुपर्दछ ।’

उनले टोलीको तारिफ भने गरे । ‘हामीसँग उत्कृष्ट खेलाडीको समूह छ । अब हामीले रक्षापंक्ति र अग्रपंक्तिमा संगठित रुपमा प्रस्तुत हुनुपर्नेछ, त्यसका लागि समय चाहिन्छ,’ पोचेटिनोले भने ।

तीन स्टारबीचमा तालमेलको अभाव रहेको विषयमा जवाफ दिदै उनले थपे, ‘सँगै कामन गर्नका लागि केहि समय चाहिन्छ । जसले आपसी समझदारी निर्माण हुनेछ । हामीले यो विषयमा सल्लाह पनि गरेका छौं । हामीले टोली निर्माण गर्नुपर्नेछ ।’

तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्लान् ?

मेस्सीसहित केहि नयाँ खेलाडी यो सिजन पिएसजीमा आबद्ध भएका छन् । अपेक्षा गरिएको पहिलो रोजाईले सुरुवात गर्न अझै मिलेको छैन । मेस्सीले पिएसजीबाट पहिलो पटक बुधबार पहिलो रोजाईमा खेले । त्यसअघि उनले लिग वानको खेलमा २४ मिनेट खेलेका थिए । बार्सिलोनाबाट पिएसजी पुगेपछि मेस्सीले धेरै खेलेका छैनन् ।

नेयमार र एमबाप्पेको हकमा पनि फिटनेसलाई लिएर प्रश्न खडा भएका छन् । यद्दपी उनीहरु उच्च फर्ममा नै खेलिरहेका छन् । धेरैलाई आशा छ आउने दिनमा पिएसजीले लय भेट्टाउने छ । जसले ला लिगा र च्याम्पियन्स लिग रोचक हुने विश्वास गरिएको छ । पोचेटिनोको टोलीले आइतबार घरेलु मैदानमा लियोनसँग प्रतिस्पर्धा गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.