default_image

3 years ago

September 17, 2021

मिडफिल्डर ऋतिक थ्री स्टारमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले आसन्न ‘ए’ डिभिजन लिगका लागि युवा विंगर ऋतिक खड्कालाई क्लबमा अनुबन्ध गरेको छ । थ्री स्टार र युवा विंगर ऋतिकबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो । यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका सर्लाहीका २० वर्षीय ऋतिकले गत वर्ष थ्री स्टारलाई चौथो संस्करणको बागमती गोल्डकपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएका […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले आसन्न ‘ए’ डिभिजन लिगका लागि युवा विंगर ऋतिक खड्कालाई क्लबमा अनुबन्ध गरेको छ ।

थ्री स्टार र युवा विंगर ऋतिकबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो । यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका सर्लाहीका २० वर्षीय ऋतिकले गत वर्ष थ्री स्टारलाई चौथो संस्करणको बागमती गोल्डकपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएका थिए ।

उनी बागमती गोल्डकपदेखि नै थ्री स्टारसँग जोडिएपनि क्लबले आधिकारिक रुपमा शुक्रबार मात्रै सार्वजनिक गरेको हो । ऋतिकले गत सिजनको लिग ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट खेलेका थिए । थ्री स्टारमा आबद्ध भएसँगै खड्काले थ्री स्टार जस्तो चर्चित क्लबसँग जोडिन पाउँदा खुशी लागेको बताए ।

‘सर्वप्रथम म मेरो प्रशिक्षक उर्जन श्रेष्ठ र सम्पुर्ण थ्री स्टार क्लब परिवारलाई धन्यवाद दिन चहान्छु । क्लबले मलाई विश्वास गरेर टोलीमा आबद्ध गरेको छ । म यो प्रतिष्ठित क्लबमा सामेल हुन पाउँदा धेरै खुशी छु । मैले आफ्नो योग्यता प्रमाणित गर्ने एउटा ठुलो अवसर पाएको छु । यो टोलीबाट मैले उपाधि जितिसकेको छु । मलाई भरोस गर्न टोलीलाई निराश हुन दिने छैन ।’ खड्काले भने ।

नयाँ सिजनका लागि थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुसान श्रेष्ठ, मिक्चेन तामाङ र निशान खड्काको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो, गोलरक्षक रोशन गुरुङ र मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्ध गरिसकेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुदैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.