default_image

3 years ago

September 18, 2021

नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (शनिबार) फिलिपिन्सको सामना गर्दैछ । खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । नेपाल र फिलिपिन्स दोस्रोपटक खेल्न लागेको हो । सन् १९९९ पछि पहिलोपटक खेल्न लागेको हो । त्यतिबेला एएफसी महिला च्याम्पियनसिपमा […]

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (शनिबार) फिलिपिन्सको सामना गर्दैछ ।

खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । नेपाल र फिलिपिन्स दोस्रोपटक खेल्न लागेको हो । सन् १९९९ पछि पहिलोपटक खेल्न लागेको हो । त्यतिबेला एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५–० को हार बेहोरेको थियो ।

फिलिपिन्सलाई हराउन नसकेको नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीसँग कप्तान रेनुका नगरकोटे, सरु लिम्बु, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, अमृता जैशी, मन्जली कुमारी योन्जन, प्रीति राई, विमला चौधरी, सविता रानामगर, रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको साथ रहेको छ ।

यस्तै सिर्जना सिंह ठकुरी, रजनी थोकर, अन्जना रानामगर, दीपा राई र इन्दिरा राई पनि टोलीमा रहेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि एसियन च्याम्पियनसिपको छनोट अवसर रहेको बताएका छन् ।

‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामि राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ उनले प्रिम्याच पत्रकार सम्मेलनमा भने ।

यता, बलियो फिलिपिन्स पनि नेपाललाई हराउने लक्ष्यमा मैदान उत्रनेछन् । फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले टोलीमा उत्कृष्ट खेलाडी समावेश नभएपनि राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । ‘कोभिड -१९ का कारण धेरै टोलीहरुलाई कठिनाइ भएको छ। हाम्रा पनि धेरै खेलाडी व्यावसायिक जिम्मेवारीमा जापान, अमेरिका लगायत देशमा रहेकाले सामेल हुन सकेनन् । तथापी पर्याप्त अनुभव भएका युवा खेलाडीहरु भएकोले हामी राम्रो खेल प्रदर्शन गर्नेछौं,’ उनले भने ।

छनोटको तयारीका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बंगलादेशसँगको दुई खेलबाट ५ खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका थिए । प्रशिक्षक ग्यारीले सविता रानामगर, प्रीति राई, रश्मी कुमारी घिसिङ, सिर्जना सिंह ठकुरी र रजनी थोकरलाई डेब्यु दिएका थिए । रजनीले दोस्रो खेलको अन्त्यतिर डेब्यु पाएकी थिइन् । अब टोलीमा रहेका डिफेन्डरद्वय विमला विक र निशा थोकरले डेब्यु गर्न बाँकी छ ।

समूह ‘एफ’ मा नेपालले ५ असोजमा हङकङसँग खेल्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टोली :

गोलकिपर – अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

डिफेन्डर : अमृता जैसी, विमला विक, गिता राना, हिराकुमारी भुजेल, निशा थोकर, सृजना सिंह, पूजा राना

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, दीपा राई, इन्दिरा राई, मन्जली तामाङ योन्जन, प्रिति राई, रेनुका नगरकोटे,

फरवार्ड : अनिता केसी, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, सरु लिम्बु

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.