default_image

3 years ago

September 18, 2021

लिभरपुललाई क्रिस्टल प्यालेसको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति ७ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल क्रिस्टल प्यालेसलाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । क्रिस्टल प्यालेसलाई हराउन सके लिभरपुलले म्यानचेस्टर युनाइटेड र चेल्सीलाई पछि […]

90 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ ।

खेल एनफिल्डमा नेपाली समयअनुसार राति ७ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल क्रिस्टल प्यालेसलाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । क्रिस्टल प्यालेसलाई हराउन सके लिभरपुलले म्यानचेस्टर युनाइटेड र चेल्सीलाई पछि पार्दै शीर्षस्थानमा उक्लनेछ ।

टोलीसँग साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, थियागो अलकान्तरा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, जोएल मटिप, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् । चोटका कारण रोबर्टाे फिर्मिनो र डिभोक ओरिगी टोलीमा हुनेछैनन् ।

यता, क्रिस्टल प्यालेस पनि लिभरपुललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । अघिल्लो खेलमा टोटेनहमलाई ३–० ले पराजित गरेको लयलाई निरन्तरता दिने दाउमा हुनेछ ।

टोलीसँग वेलफ्रेड जाहा, ओड्सोन एडुआर्ड, जोर्डन एयु, जेम्स म्याकअर्थर, कोनोर गल्लाघेर, टिरिक मिट्चेल, मार्क गुइही, जोआचिम एन्डरसन, जोइल वार्ड र गोलरक्षक भिसेन्ट गुआइटा रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो १८ खेलमा लिभरपुलले १३ खेल आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिँदा ४ खेल क्रिस्टल प्यालेसले आफ्नो पक्षमा पारेको छ । सन् २०१७ मा प्रिमियर लिगमा २–१ ले पराजित भएयता लिभरपुल पछिल्लो ९ खेलमा क्रिस्टल प्यालेससँग अपराजित छ ।

अन्य खेल

वल्भ्सविरुद्ध ब्रेन्टफर्ड (साँझ ५ः१५ बजे)

बर्नलेविरुद्ध आर्सनल (राति ७ः४५ बजे)

लिभरपुलविरुद्ध क्रिस्टल प्यालेस (राति ७ः४५ बजे)

म्यानचेस्टर सिटीविरुद्ध साउथह्याम्टन (राति७ः४५ बजे)

नर्विचविरुद्ध वाट्फोर्ड (राति ७ः४५ बजे)

एस्टन भिल्लाविरुद्ध एभर्टन (राति १०ः१५ बजे)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.