default_image

3 years ago

September 18, 2021

एट्लेटिको म्याड्रिड र बिल्बाओलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा एट्लेटिको म्याड्रिड र एथलेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल एट्लेटिको म्याड्रिडको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा राति ८ बजे हुनेछ । एथलेटिक बिल्वाओलाई हराउँदै एट्लेटिको म्याड्रिड शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । बिल्वाओलाई हराउन सके एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिड र […]

57 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा एट्लेटिको म्याड्रिड र एथलेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एट्लेटिको म्याड्रिडको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा राति ८ बजे हुनेछ । एथलेटिक बिल्वाओलाई हराउँदै एट्लेटिको म्याड्रिड शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । बिल्वाओलाई हराउन सके एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिड र भ्यालेन्सियालाई पछि पार्नेछ । बराबरीले पनि एट्लेटिको म्याड्रिड शीर्षस्थानमा उक्लनेछ ।

टोलीसँग लुइस सुआरेज, एन्टोइन ग्रिजमन, यान्निक कारास्को, एन्जल कोरेआ, कोकी, मार्काेस लोरेन्टे, काइरन ट्रिपिएर, मारियो हर्माेसो, जोस जिमिनेज, स्टेफन साभिच र गोलरक्षक जान ओब्लाक रहेका छन् । यस्तै जोआओ फेलिक्स, म्याथिएस कुन्हा, रोड्रिगो डि पल र रेनान लोडी पनि टोलीमा रहेका छन् ।

यता, बिल्वाओ पनि घरेलु टोलीलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एट्लेटिकोलाई हराउन सके बिल्वाओले रियल म्याड्रिडसँगै भ्यालेन्सिया, एट्लेटिको म्याड्रिड र रियल सोसिडाडलाई पछि पार्नेछ । टोलीसँग इनाकी विलियम्स, राहुल गार्सिया, इकर मुनिएन, युनाई भेन्सेडोर, डानी गार्सिया, इनिगो मार्टिनेज, युनाइ नुनेज, इनिगो लेकुइ र गोलरक्षक युनाई सिमोन रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २५ भिडन्तमा एट्लेटिको १७ खेलमा विजयी भएको छ । बिल्वाओले ५ खेल आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई दुवै टोलीले समान एक–एक जित निकालेका छन् । त्यसअघिको खेल १–१ गोलको बराबरी खेलेका थिए ।

अन्य खेल

रायो भालेकानोविरुद्ध गेटाफे (राति ५:४५ बजे)

इल्चेविरुद्ध लेभान्टे (राति १०:१५ बजे)

डिपोर्टिभो एलाभेसविरुद्ध ओसासुना (राति १२:४५ बजे)

स्पेनिस ला लिगाको सबै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडी २ बाट भइरहेको छ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.