default_image

3 years ago

September 18, 2021

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हार बेहोर्यो । नेपालकी विमला चौधरीले खेलको दशौं मिनेटमा उनले सुरुवाती दिलाएकी थिइन् । उनले सविता रानाको लामो क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेकी […]

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हार बेहोर्यो । नेपालकी विमला चौधरीले खेलको दशौं मिनेटमा उनले सुरुवाती दिलाएकी थिइन् । उनले सविता रानाको लामो क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेकी थिइन् । तर पहिलो हाफमै घाइते भएपछि उनले ३९ अ‍ौं मिनेटमा मैदान छाडिन् ।

नेपालका लागि दोस्रो हाफमा मैदान प्रवेश गर्दै डिफेन्डर विमला विकले सिनियर टोलीबाट डेब्यु गरिन् । उनले ६३ अ‍ौं मिनेटमा पुजा रानाको स्थान लिएकी थिइन् ।

नेपालले खेलको ९० अ‍ौं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्सबीच अफसाइड ट्रयापमा समन्वय हुन नसक्दा फिलिपिन्सले त्यसको फाइदा उठाउँदै बराबरी गोल फर्काएको थियो । क्रसमा आएको बललाई पेनाल्टी क्षेत्र भित्र ताहनाइ एनिसले गोल गरेकी थिइन् । इन्ज्युरी समयमा नेपालले पेनाल्टी क्षेत्रभित्र बल क्लियर गर्न नसक्दा ६ यार्ड बक्स नजिकबाट कमिल विल्सनले विजयी गोल फर्काइन् ।

यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।

नेपालले यसअघि १९८६, १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो । सुरुवाती दुवै पटक प्रतियोगिता हङकङमा भएको थियो । नेपाल त्यसबेला सबै ६ खेलमा पराजित हुँदा गोल गर्न सकेको थिएन । १९९९ को प्रतियोगितामा भने नेपालले चौथो तथा अन्तिम खेलमा गोल गरेको थियो ।

एसियन कप छनोट भए नेपाल विश्वकप छनोटमा पनि अघि बढ्नेछ । एएफसीले विश्वकप छनोट हुने प्रक्रियाबारे प्रष्ट पारेको छैन, तर एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने भने उल्लेख गरिएको छ । एसियन कपमा छनोट भएमात्र विश्वकप छनोटमा अघि बढ्न सकिने पनि प्रष्ट छ ।

यो पनि : ‘राम्रो नतिजाको लागि योग्य थियौं’ – प्रशिक्षक फिलिप्स

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.