default_image

3 years ago

September 18, 2021

‘राम्रो नतिजाको लागि योग्य थियौं’ – प्रशिक्षक फिलिप्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपालको प्रदर्शन हेर्दा फिलिपिन्सविरुद्ध नेपाल राम्रो नतिजाका लागि योग्य रहेको अभिव्यक्ति दिएका छन् । अन्तिम समयमा लगातार २ गोल खाएपछि नेपाल एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा फिलिपिन्ससँग २-१ ले पराजित हुन पुगेको थियो । खेलको दशौं मिनेटमा विमला चौधरीको गोलमा अग्रता लिएपनि अन्तिममा भने नेपालको डिफेन्स चुक्दा टोलीले हार बेहोर्नुपर्यो । प्रशिक्षक फिलिप्सले खेलपछि बोल्दै नतिजा […]

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपालको प्रदर्शन हेर्दा फिलिपिन्सविरुद्ध नेपाल राम्रो नतिजाका लागि योग्य रहेको अभिव्यक्ति दिएका छन् ।

अन्तिम समयमा लगातार २ गोल खाएपछि नेपाल एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा फिलिपिन्ससँग २-१ ले पराजित हुन पुगेको थियो । खेलको दशौं मिनेटमा विमला चौधरीको गोलमा अग्रता लिएपनि अन्तिममा भने नेपालको डिफेन्स चुक्दा टोलीले हार बेहोर्नुपर्यो ।

प्रशिक्षक फिलिप्सले खेलपछि बोल्दै नतिजा आफ्नो पक्षमा नआएपनि टोलीको प्रदर्शन राम्रो रहेको प्रतिक्रिया दिए । ‘निकै दुखी छौं । हामीले खेलको ८५ औं मिनेटसम्म राम्रो प्रदर्शन गर्यौं । तर अन्तिम ५ मिनेट सम्हालिन नसक्दा हार बेहोर्न पर्यो,’ उनले भने, ‘आजको खेल हेर्दा टोलीमा खेलको समय र अन्तर्राष्ट्रिय अनुभवको कमी देख्यौं । फिलिपिन्सजस्तो व्यावसायिक खेलाडीले भरिपूर्ण टोलीसँग यो स्तरको प्रदर्शन राम्रो हो ।’

फिलिप्सले चोटका कारण दुई मुख्य खेलाडी परिवर्तन गर्नुपर्दा केहि घाटा भएको बताए । ‘दुर्भाग्यवश हामीले पहिलो हाफमा नै विमला चौधरीको साथ गुमायौं । दोस्रो हाफमा पुजा राना पनि चोटका कारण बाहिरिनु परेपछि टोलीको प्रदर्शनमा नै असर गर्यो,’ फिलिप्सले थपे, ‘हाफ टाइममा म र टोली नै खेल जित्नेमा विश्वस्त थियौं । हामीले योजना अनुसार नै काउन्टर अट्याकमा खेलेका थियौं । गर्मीका कारण पनि हामीले परिवर्तन गरेपछि खेलमा जम्न समय लाग्यो,’ उनले भने ।

फिलिप्सले टोलीको प्रदर्शनको भने खुलेर प्रशंसा गरे । ‘फिलिपिन्स जस्तो स्तरीय टोलीविरुद्ध हामीले राम्रो प्रदर्शन गरेका हौं । शारीरिक रुपमा पनि हामीभन्दा निकै राम्रा थिए । हाम्रा खेलाडीले डटेर खेलेका थिए । हामीले बल आफ्नो पकडमा हुँदा केहि राम्रो गर्न सक्थ्यौं । अन्तिममा दबाब खेप्नुबाहेक खेल हाम्रो नियन्त्रणमा नै थियो,’ उनले भने ।

उनले यस नतिजाबाट खेलाडीले अर्को खेलका लागि सिक्ने बताए । ‘हामी यो भन्दा राम्रो नतिजाको लागि योग्य थियौं । अन्तिम ५ मिनेटमा केहि गल्तीका कारण खेल गुमाउन पुग्यौं । म खेलाडीको प्रदर्शनबाट खुसी छु । खेलाडीहरुले पनि यस खेलबाट केहि सिकेर अर्को खेलमा उच्च मनोबलसहित खेल्नुपर्छ,’ फिलिप्सले टुंग्याए ।

यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।

यो पनि : नेपाल फिलिपिन्ससँग पराजित

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.