default_image

3 years ago

September 18, 2021

बायर्नको सात गोल

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा नव प्रवेशी बोचुममाथि सानदार जित निकालेको छ । घरेलु मैदान एलिएन्ज एरिना शनिबार राति भएको खेलमा बायर्नले बोचुममाथि ७–० को फराकिलो जित निकाल्दै बुन्डेसलिगामा अपराजित रहन सफल भएको हो । पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरीमा रोकिएयता बायर्नले लगातार चौथो जित […]

45 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा नव प्रवेशी बोचुममाथि सानदार जित निकालेको छ ।

घरेलु मैदान एलिएन्ज एरिना शनिबार राति भएको खेलमा बायर्नले बोचुममाथि ७–० को फराकिलो जित निकाल्दै बुन्डेसलिगामा अपराजित रहन सफल भएको हो । पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरीमा रोकिएयता बायर्नले लगातार चौथो जित निकाल्न सफल भएको हो ।

बायर्नको आधा दर्जन गोलमा योसुवा किम्मिखले दुई तथा लिरोए साने, सर्ज जिनाब्री र रोबर्ट लेवान्डोस्कीले समान १-१ गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा बायर्नले पहिलो हाफमा ४ गोल तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

खेलको १७औं मिनेटमा लिरोए सानेको गोलबाट बायर्नले अग्रता लिएको थियो । २७औं मिनेटमा लिरोए सानेको पासमा योसुवा किम्मिखले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ३२औं मिनेटमा सर्ज जिनाब्रीले थोमस मुलरको पासमा गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ४३औं मिनेटमा भासिलिओस लाम्ब्रोपोउलोसले आत्मघाती गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसको चार मिनेटपछि ६५औं मिनेटमा योसुवा किम्मिखले लियोन गोरेट्जकाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गरेपछि बायर्नले खेलमा ६–० को फराकिलो अग्रता लियो । ७९औं मिनेटमा सब्सिच्युट इरिक म्याक्सि चुपो मोटिङले गोल गर्दै बायर्नलाई ७–० को फराकिलो जित दिलाए । उनी ६८औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान छिरेका थिए ।

यो फराकिलो जितसँगै अपराजित रहेको बायर्न ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बायर्नले एक खेल कम खेलेको वल्फ्सवर्गलाई १ अंकले पछि पारेको हो । अपराजित रहेको वल्फ्सवर्गको ४ खेलबाट १२ अंक छ । पराजित बोचुम ३ अंक जोडेर १७औं स्थानमा छ ।

यस्तै बुन्डेसलिगाकै अर्काे खेलमा फ्लोरिएनको निर्णायक गोलमा अग्सवर्गले बोरुसिया मोन्चेनग्लाडवाकलाई १–० ले पराजित गरेको छ । उनले ८०औं मिनेटमा गोल गरेका थिए । अर्मेनिया बिलेफिल्ड र होफेनआइन तथा मेइन्ज र फ्रेइवर्गले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.