default_image

3 years ago

September 18, 2021

लिभरपुलको सहज जित

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको छ । सेनेगलका साडियो माने, इजिप्टका मोहम्मद सलाह र नावी केइटाको गोल मद्दतमा जितसँगै टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो । मानेले पहिलो हाफमा तथा […]

38 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको छ । सेनेगलका साडियो माने, इजिप्टका मोहम्मद सलाह र नावी केइटाको गोल मद्दतमा जितसँगै टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो । मानेले पहिलो हाफमा तथा सलाह र केइटाले दोस्रो हाफमा गोल गरेका थिए । खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड बनाएको घरेलु टोली लिभरपुलले गोलको लागि पहिलो हाफको इन्ज्युरी समय कुर्नुपरेको थियो ।

खेलको दोस्रो मिनेटमा विलफ्रेड जाहाको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउँदा क्रिस्टल प्यालेस अग्रता लिनबाट चुक्यो । लगत्तै तेस्रो मिनेटमा क्रिस्टियन बेन्टेकेको शक्तिशाली हेडर पोस्टमा लागेर फर्कदा क्रिस्टल प्यालेसले अग्रता लिन सकेन । १६औं मिनेटमा कोन्स्टानटिनोस टिसिमिकासका प्रहारलाई भिसेन्ट गुआइटाले बचाए ।

३१औं मिनेटमा थियागो अलकान्तराको प्रहारलाई गुहीले ब्लक गरे । त्यसमै सलाहको भली प्रहारलाई गोलरक्षक भिसेन्ट गुआइटाले बचाउँदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा लिभरपुलले अर्काे सुवर्ण अवसर खेर फाल्यो । थियागो अलकान्तराको प्रहारमा गोलरक्षक भिसेन्ट गुआइटा नै बाधक बने ।

४३औं मिनेटमा कोन्स्टानटिनोस सिमिकासको कर्नरमा मोहम्मद सलाहको शक्तिहाली हेडर क्रिस्टल प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले बचाएपनि रिवाउन्डमा मानेले गोल गर्न सफल भएका थिए । ६८औं मिनेटमा नावी केइटाको प्रहारलाई क्रिस्टल प्यालेसका गोलरक्षक भिसेन्ट गुआइटाले नियन्त्रणमा लिन नसकेको बललाई सलाहले प्रयास गरेपनि गुआइटाले नै विफल पारे । ७२औं मिनेटमा ओड्सोनी इडुआर्ड चुक्दा क्रिस्टल प्यालेस बराबरीबाट चुक्यो ।

७८औं मिनेटमा मोहम्मद सलाहले भर्जिल भान डाइकको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा सब्सिच्युट नावी केइटाले गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए । केइटा ६२औं मिनेटमा थियागो अलकान्तराको स्थानमा मैदान प्रवेश गरेका थिए ।

क्रिस्टल प्यालेसमाथिको सहज जितसँगै अपराजित रहेको लिभरपुल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी र एभर्टनको समान १० अंक छ । पराजित क्रिस्टल प्यालेस ५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.