default_image

3 years ago

September 18, 2021

आर्सनलको लगातार दोस्रो जित, सिटी रोकियो

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । यसै सिजन रियल म्याड्रिडबाट स्थायी रुपमा अनुबन्ध भएका नर्वेजियन मार्टिन ओडेगार्डको गोल मद्दतमा आर्सनलले घरेलु टोली बर्नलेमाथि १–० को साँघुरो जित दर्ता गरेको हो । सुरुवाती तीन खेल गुमाएपछि आर्सनलको यो लगातार दोस्रो जित […]

73 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

यसै सिजन रियल म्याड्रिडबाट स्थायी रुपमा अनुबन्ध भएका नर्वेजियन मार्टिन ओडेगार्डको गोल मद्दतमा आर्सनलले घरेलु टोली बर्नलेमाथि १–० को साँघुरो जित दर्ता गरेको हो । सुरुवाती तीन खेल गुमाएपछि आर्सनलको यो लगातार दोस्रो जित हो । आर्सनलले यसअघि नर्विच सिटीलाई १–० ले पराजित गरेको थियो । त्यसअघि आर्सनलले ब्रेन्टफर्ड, चेल्सी र म्यानचेस्टर सिटीसँग हार बेहोरेको थियो ।

टर्फ मुरमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा मार्टिन ओडेगार्डले गरेको गोल नै आर्सनलको जितमा निर्णायक बन्यो । उनले ३०औं मिनेटमा फ्रिकिकमा सिधै गोल गरेका थिए । दुवै टोलीले खेलमा केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

लगातार दोस्रो जितसँगै आर्सनल ५ खेलबाट ६ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित बर्नले १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा साविकको विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमा साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । बल पोसेसन राखेपनि घरेलु टोली सिटीले साउथह्याम्टनको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

बराबीपछि सिटी ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि म्यानचेस्टर युनाइटेड, चेल्सी र एभर्टन गोलअन्तरमा पछि छ । यि तीनै टोलीले एक खेल कम खेलेका छन् । साउथ ह्याम्टन ५ खेलबाट ४ अंक जोडेर १५औं स्थानमा छ ।

अन्य नतिजा

वल्भ्सविरुद्ध ब्रेन्टफर्ड (०–)

बर्नलेविरुद्ध आर्सनल (०–)

लिभरपुलविरुद्ध क्रिस्टल प्यालेस (–०)

म्यानचेस्टर सिटीविरुद्ध साउथह्याम्टन (०–०)

नर्विचविरुद्ध वाट्फोर्ड (१–)

यो पनि : लिभरपुलको सहज जित

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.