default_image

3 years ago

September 19, 2021

टोटेनहम र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले घरेलु मैदानमा लन्डन क्लब चेल्सीको आतिथ्यता गर्दैछ । खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम चेल्सीलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग ह्यारी केन, इमर्सन, डेल अली, ओलिभर […]

58 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले घरेलु मैदानमा लन्डन क्लब चेल्सीको आतिथ्यता गर्दैछ । खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा टोटेनहम चेल्सीलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग ह्यारी केन, इमर्सन, डेल अली, ओलिभर स्किप, पिएरे इमिल होब्जजर्ग, सर्जियो रिगुइलोन, जोइ रोन्डोन, डाभिन्सन सान्चेज, माट दोहर्थी, ब्रायन गिल, जियोभानी लो सेल्सो, ह्यारी विङ्स, टांगी एनडोम्वेले र बेन डेभिस टोलीमा रहेका छन् । चोटका कारण ह्युङ मिन सन, लुकास मोउरा, स्टेभन वर्गवाइन र एरिक डाएरले खेल्ने सम्भावना न्युन छ । टोटेनहम ९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

यता, अपराजित रहेको चेल्सी घरेलु टोली टोटेनहमलाई स्तब्ध पार्दै शीर्षस्थानको लिभरपुलसँगको अंक बराबरी गर्ने लक्ष्यमा मैदान उत्रनेछ । टोटेनहमलाई हराउन सके चेल्सीले लिभरपुलसँग बराबरी अंक (१३) पुर्याउनेछ ।

टोलीसँग रोमेलु लुकाकु, मासन माउन्ट, काई हाभर्टज, मार्काेस अलन्सो, जर्गिन्हो, एङ्गोलो कान्टे, रिस जेम्स, एन्टेनियो रुडिगर, एन्ड्रिएस क्रिस्टेन्सेन, सिसर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । यस्तै हाकिम जियाच, बेन चिलवेल, थियागो सिल्भा, रुवेन लफटस चिक, टिमो वेर्नर, सउल निग्वेज र माटियो कोभासिस पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो २९ खेलको नतिजामा चेल्सी १४ खेलमा विजयी भएको छ । ५ खेल टोटेनहमले आफ्नो पक्षमा पार्दा १० खेल बराबरीमा सकिएको छ । गत अगस्टमा भएको मैत्रीपुर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसअघि गत सिजनको लिगमा चेल्सीले १–० को जित निकालेको थियो ।

अन्य खेल

ब्राइटनविरुद्ध लेस्टर सिटी (राति ६:४५ बजे)

वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड (राति ६:४५ बजे)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.