default_image

3 years ago

September 20, 2021

रोनाल्डो आएपछि काभानी असन्तुष्ट

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको पूनरागमन पछि इडिन्सन काभानीका लागि म्यानचेस्टर युनाइटेडमा कठीन समय चलिरहेको छ । उरुग्वेली फरवार्ड गत सिजनका लागि प्रशिक्षक ओले गुनार सोल्साएरका लागि महत्वपूर्ण खेलाडीका रुपमा रहेका थिए । नयाँ सिजनको सुरुवातामा रोनाल्डो युनाइटेडमा आबद्ध भएपछि भने उनी खुसी नरहेको टोली पूर्व खेलाडी डिमिटार बार्बाटोभले बताएका छन् । ‘काभानी खुसी छैनन् । […]

45 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको पूनरागमन पछि इडिन्सन काभानीका लागि म्यानचेस्टर युनाइटेडमा कठीन समय चलिरहेको छ ।

उरुग्वेली फरवार्ड गत सिजनका लागि प्रशिक्षक ओले गुनार सोल्साएरका लागि महत्वपूर्ण खेलाडीका रुपमा रहेका थिए । नयाँ सिजनको सुरुवातामा रोनाल्डो युनाइटेडमा आबद्ध भएपछि भने उनी खुसी नरहेको टोली पूर्व खेलाडी डिमिटार बार्बाटोभले बताएका छन् ।

‘काभानी खुसी छैनन् । युनाइटेडमा उनको पहिलो सिजन उत्कृष्ट रह्यो, बार्बाटोभले भने,‘ तर अहिले उनी त्यो ठाँउसँगै जर्सी नं ७ पनि गुमाएका छन् । पूनरागमनपछि रोनाल्डोले जर्सी नं ७ पाएका छन् भने काभानी २१ नम्बर जर्सीमा खेल्दैछन् ।

सोल्साएरले काभानीसँग इमान्दार छलफल गरेको बार्बाटोभले आशा पनि गरेका छन् । हरेक खेलाडी खेल्न चाहन्छन् भन्ने राम्ररी बुझेका बार्बाटोभले तर त्यसको अन्तिम निर्णय भने प्रशिक्षकले नै लिने बताएका छन् । रोनाल्डोले ३ खेलमा ४ गोल गरिसकेका छन् ।

‘टोलीको अन्तिम छनोट प्रशिक्षकले गर्ने हो । तर यदि तपाई छनोटमा पर्नुभएन भने दुःख त लाग्छ नै,’ उनले भनेका छन् । रोनाल्डो प्रति उनको धारणा भने सकारात्मक देखिएन । समर्थकलाई खुसी पार्नका लागि रोनाल्डोको पूनरागमन राम्रो देखिए पनि उनको आगमनले समाधान भन्दा बढी समस्या हुने उनको बझाई छ ।

५ खेलमा युनाइटेड १३ अंकसहित तेस्रो स्थानमा छ । समान अंक जोडेका लिभरपुल र चेल्सी पनि १३ अंकसहित शीर्षस्थानमा छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.