default_image

3 years ago

September 19, 2021

रियल म्याड्रिड र भ्यालेन्सियालाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज (आइतबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले भ्यालेन्सियाको भ्रमण गर्दैछ । खेल भ्यालेन्सियामा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । रियल म्याड्रिड घरेलु टोलीलाई हराउँदै ला लिगाको शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । भ्यालेन्सियालाई हराउन सके रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई पछि पार्नेछ । पाँचौ चरणको खेल जारी […]

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज (आइतबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले भ्यालेन्सियाको भ्रमण गर्दैछ । खेल भ्यालेन्सियामा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

रियल म्याड्रिड घरेलु टोलीलाई हराउँदै ला लिगाको शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । भ्यालेन्सियालाई हराउन सके रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई पछि पार्नेछ । पाँचौ चरणको खेल जारी रहँदा एट्लेटिको ५ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल र भ्यालेन्सियाको समान १० अंक छ ।

रियलसँग लयमा रहेको कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियर टोलीका लागि मुख्य हतियार हुनेछन् । बेन्जेमाले यो सिजन चार खेलमा ५ गोल तथा ४ असिस्ट दिइसकेका छन् । भिनिसियसले यो सिजन चार खेलमा चार गोल गरिसकेका छन् । यस्तै टोलीसँग इडेन हाजार्ड, लुका मोड्रिच, क्यासमिरो, फेडे भाल्भेर्डे, डेभिड अलाबा, इडुआर्डाे कामाभिंगा, नाचो फर्नान्डेज, इडर मिलिसाओ, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

यता, भ्यालेन्सिया पनि रियललाई स्तब्ध पार्दै रियल र एट्लेटिको म्याड्रिडलाई पछि पार्दै शीर्षस्थानमा उक्लने योजनमा मैदान उत्रनेछ । टोलीसँग म्याक्सिमिलियानो गामेज, गोन्कालो गुइडेस, ड्यानियल वास, ह्युगो गुइलामोन, कार्लाेस सोलेर, जोस गाया, ओमर एल्डररेट, गाव्रियल पौलिस्टा, थिएरी कोरेइआ र गोलरक्षक जिओर्जी मामारदासभिली रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २४ खेलको नतिजामा रियलले १३ खेल आफ्नो पक्षमा पारेको छ । ४ खेल भ्योलन्सियाले जित्दा ८ खेल बराबरीमा सकिएको छ । गत सिजन यि दुई टोली समान एक जित निकालेका थिए ।

अन्य खेल

रियल मलोर्काविरुद्ध भिल्लारियल (साँझ ५:४५ बजे)

रियल सोसिडाडविरुद्ध सेभिया (राति ८ बजे)

रियल बेटिसविरुद्ध स्पान्योल (राति १०:१५ बजे)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.