default_image

3 years ago

September 22, 2021

बेकह्यामका छोरा रोमियोको डेब्यु

एजेन्सी – इंग्ल्यान्डका पूर्व कप्तान तथा अमेरिकी क्लब इन्टर मायमीका मालिक डेविड बेकह्यामका जेठो छोरा रोमियो बेकह्यामले व्यावसयिक फुटबलमा डेब्यु गरेका छन् । रोमियोले तोर्मेन्ताविरुद्ध खेलमा सुरुवाती एघारमा रहेर डेब्यु गरेका थिए । उनले ७९ मिनेट मैदानमा बिताएका थिए । रोमियो मैदानमा रहँदा २-१ को अग्रतामा रहेको टोली अन्तिम समयमा गोल खाँदै २-२ को बराबरीमा […]

69 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका पूर्व कप्तान तथा अमेरिकी क्लब इन्टर मायमीका मालिक डेविड बेकह्यामका जेठो छोरा रोमियो बेकह्यामले व्यावसयिक फुटबलमा डेब्यु गरेका छन् ।

रोमियोले तोर्मेन्ताविरुद्ध खेलमा सुरुवाती एघारमा रहेर डेब्यु गरेका थिए । उनले ७९ मिनेट मैदानमा बिताएका थिए । रोमियो मैदानमा रहँदा २-१ को अग्रतामा रहेको टोली अन्तिम समयमा गोल खाँदै २-२ को बराबरीमा रोकिएको थियो । रोमियोले आफ्नो पिता डेविडझैं राइट विंगमा खेलेका थिए ।

यसै महिना फोर्ट लाउडरडेलमा अनुबन्धित हुँदै करिअरको पहिलो व्यावसायिक सम्झौता गरेका रोमियोले आइतबार डेब्यु गरेका हुन् । फोर्ट लाउडरडेल डेविड मालिक रहेको मेजर लिग सकरको इन्टर मायमीको रिजर्भ टोली हो । हाल यो क्लबले अमेरिकी लिगको तेस्रो श्रेणी यूएसएल लिग वनमा प्रतिस्पर्धा गरिरहेको छ ।

रोमियोले खेल अवधिभर १९ पटक बल छोएका थिए । उनले ५७ औं मिनेटमा सहकर्मी हार्भी नेभिलसँग राम्रो आक्रमण बुनेका थिए । रोमियोको क्रसमा हार्भीको हेडर पोस्टभन्दा थोरै टाढाबाट बाहिरिएको थियो । हार्भी इन्टर मायमीका मुख्य प्रशिक्षक तथा पूर्व खेलाडी फिल नेभिलका छोरा हुन् ।

रोमियोले डेब्यु गर्न पाउँदा निकै खुसी रहेको बताएका छन् । ‘व्यावसायिक डेब्यु गर्न पाउँदा निकै भाग्यमानी महसुस गरेको छु । अब अर्को खेलमा ध्यान हुनेछ,’ उनले इन्स्टाग्राममा लेखेका छन् । फोर्ट लाउडरडेल लिग तालिकामा आठौं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.