default_image

3 years ago

September 21, 2021

रोनाल्डो र मेस्सीको फरक सुरुवात

एजेन्सी – नयाँ सिजनसँगै क्लब परिवर्तन गरेका विश्व फुटबलका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले आफ्नो नयाँ क्लबमा फरक सुरुवात पाएका छन् । इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले सानदार सुरुवात गरेका छन् । तर दुई दशक पछि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित मेस्सीको लागि […]

79 views

0 Bookmark

एजेन्सी – नयाँ सिजनसँगै क्लब परिवर्तन गरेका विश्व फुटबलका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले आफ्नो नयाँ क्लबमा फरक सुरुवात पाएका छन् ।

इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले सानदार सुरुवात गरेका छन् । तर दुई दशक पछि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित मेस्सीको लागि भने आशा गरेअनुसार सुरुवात भएको छैन । मेस्सीले नयाँ वातावरणमा घुलमिल नभएको कारण नै अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् ।

रोनाल्डोले डेब्युमा दुई गोलसहित ३ खेलमा ४ गोल गरेका छन् । युनाइटेड फर्केपछि खेलेका सबै खेलमा गोल गरेका रोनाल्डोले टोलीको अग्रपंक्तिमा आफ्नो जिम्मेवारी पूरा निर्वाह गरेका छन् । तर पिएसजीमा भने मेस्सीले तीन खेल खेल्दा कुनै गोल गरेका छैनन् । उनले आफ्नो नियमित प्रदर्शन गर्न पनि नसकेको देख्न सकिन्छ ।

रोनाल्डोले आफू मात्र नभएर युनाइटेडको टोलीमा नै परिवर्तन ल्याएको प्रशिक्षक ओले गुनार सोल्साएरले महसुस गरेका छन् । ‘रोनाल्डोले महत्त्वपूर्ण समय थाहा पाउँछन् र त्यसमा आफूलाई सावित गर्छन् । उनले मैदानमा सटिक प्रदर्शन गर्छन् र टोलीलाई पनि फरक वातावरण दिएका छन्,’ सोल्साएरले भनेका छन् ।

यता बार्सिलोनाबाट आएका मेस्सी भने पिएसजीमा आफ्नो लय समात्न संघर्षरत छन् । मैदानभित्र मात्र नभएर मैदानबाहिर पनि रोनाल्डो खुसी देखिन्छन् । यता मेस्सी भने आइतबार लियोनविरुद्ध खेल बराबरीमा रोकेको अवस्थामा प्रशिक्षक माउरिसियो पोचेटिनोले परिवर्तन गरेपछि केहि निराश देखिएका थिए ।

मेस्सीको तुलनामा रोनाल्डोले नयाँ क्लबमा बिल्कुल फरक सुरुवात गरेका छन् । समर्थक र सहकर्मी सबै खुसी बनाएका रोनाल्डोझैं मेस्सीबाट पनि पिएसजी समर्थक सोहि आशा गरिरहेका छन् । अर्जेन्टिनाबाट सफलता हासिल गरेका मेस्सीबाट पिएसजी समर्थकले टोलीसँग समन्वय बढ्दै गएपछि प्रदर्शन पाउने आशा राखेका छन् । रोनाल्डोले भने आफ्नो पुरानै लयलाई निरन्तरता दिएका छन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.