default_image

3 years ago

September 21, 2021

बार्सिलोना हारबाट जोगियो

एजेन्सी – अन्तिम समयमा रोनाल्ड एराउजोले गोल गरेपछि क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँगको हारबाट जोगिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा ग्रानडा जितबाट वञ्चित बन्यो । ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो […]

47 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा रोनाल्ड एराउजोले गोल गरेपछि क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँगको हारबाट जोगिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा ग्रानडा जितबाट वञ्चित बन्यो । ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले सर्जियो इस्कुडेरोको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको बार्सिलोनाले बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दवाव बढाएपनि गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो । बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेका थियो । १२औं मिनेटमा डार्विन माचिसको क्रसमा जर्ग मोलिनाको प्रहारलाई फ्रान्की डि योङले खतरा हुन दिए ।

१८औं मिनेटमा सर्जी रोबर्टाेको कर्नर सिधै पोस्ट र बारमा लाग्दै फर्कदा बार्सिलोना बराबरीबाट चुक्यो । ४३औं मिनेटमा फ्रिकिकमा आएको बललाई लुइस अब्रामको प्रहार क्लियर हुन नसक्दा रिवाउन्डमा मोन्चुको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउँदा ग्रानडा अग्रता दोब्बर पार्नबाट चुक्यो ।

लगत्तै ४४औं मिनेटमा फ्रिकिकमा रोनाल्ड एराउजोको फ्लिक हेडरले गोलरक्षक लुइस म्याक्सिमियानोले पञ्च गर्दै बचाउँदा बार्सिलोना पहिलो हाफमा बराबरीबाट चुक्यो । ५८औं मिनेटमा मेम्फिस डिपाएको प्रयासलाई लुइस म्याक्सिमियानोले सहजै नियन्त्रणमा लिए । ७९औं मिनेटमा लुक डि योङको पासमा डिपाएले ६ यार्डबाट गरेको हेडर सदुपयोग हुन सकेन ।

हारतर्फ उन्मुख हुदा ९०औं मिनेटमा रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । नयाँ सिजनमा बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसअघि बार्सिलोनाले एथलेटिको बिल्वाओसँग १–१ गोलको बराबरी खेलेको थियो ।

यो बराबरीपछि अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर सातौ स्थानमा रहेको छ । समान ८ अंक रहेपनि सेभिया गोलअन्तमार छैटौं स्थानमा रहँदा ओसासुना र रियल मलोर्का आठौं र नवौं स्थानमा रहेको छ । स्पान्योल ३ अंक जोडेर १७औं स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.