default_image

3 years ago

September 21, 2021

सानदार जितसँगै नेपोली शीर्षस्थानमा

एजेन्सी – घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो । नेपोलीको यो लगातार चौथो जित हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक […]

62 views

0 Bookmark

एजेन्सी – घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो ।

नेपोलीको यो लगातार चौथो जित हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

डासिया एरिना उडिनेसमा सोमबार राति भएको खेलको २४औं मिनेटमा भिक्टर ओसिमहेनले लारेन्जो इन्सिग्नेको पासमा गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाए । ३५औं मिनेटमा एमिर रहामनिले कालिडोउ काउलीबेलीको पासमा गोल गर्दै नेपोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५२औं मिनेटमा कालिडोउ काउलीबेलीले फावियनको पासमा गोल गर्दै नेपोलीलाई सहज जिततर्फ अग्रसर गराए । ८४औं मिनेटमा हिर्भिङ लोजानोले मारियो रुईको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे ।

जितसँगै अपराजित रहेको नेपोली ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले दोस्रो र तेस्रो स्थानमा रहेको इन्टर मिलान र एसी मिलानलाई समान २ अंकले पछि पारेको छ । पराजित उडिनेस ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । उडिनेसको यो पहिलो हार हो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.