default_image

3 years ago

September 21, 2021

नेपालको एसियन कप छनोट यात्रा समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना टुंगिएको हो । उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ ।

जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना टुंगिएको हो । उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन बाध्य बन्यो ।

नेपालले यसभन्दा तीनपटक एसियन कप खेलिसकेको छ । चौथोपटक एसियन कप तथा विश्वकप छनोटमा अघि बढ्ने सम्भावना पनि यो बराबरीसँगै समाप्त भएको छ । यसअघि नेपालले छनोटको पहिलो खेलमा फिलिपिन्ससँग सुरुवाती अग्रता लिनका बावजुत अन्तिम दुई मिनेट सम्हालिन नसक्दा २–१ को हार बेहोर्न पुगेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.