default_image

3 years ago

September 22, 2021

सुआरेजको दुई गोलमा एट्लेटिकोको जित

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि पूनरागमन जित निकालेको छ । एट्लेटिकोले १० खेलाडीमा समेटिएको गेटाफेलाई २–१ ले पराजित गरेको हो । घरेलु टोलीका स्टेफन मित्रोभिकको गोल सान्त्वना बन्यो ।कोलिसिअम अलफन्सो पेरेज स्टेडियममा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो […]

49 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि पूनरागमन जित निकालेको छ ।

एट्लेटिकोले १० खेलाडीमा समेटिएको गेटाफेलाई २–१ ले पराजित गरेको हो । घरेलु टोलीका स्टेफन मित्रोभिकको गोल सान्त्वना बन्यो ।कोलिसिअम अलफन्सो पेरेज स्टेडियममा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्त्यतिर स्टेफन मित्रोभिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर त्यो अग्रतालाई गेटाफेले जोगाउन सकेन । ७४औं मिनेटमा कार्लाेस एलेना दोहोरो पहेँलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि दवावमा आएको गेटाफले त्यसपछि दुई गोल बेहोर्दै पराजित हुन पुग्यो । गेटाफे १० खेलाडीमा समेटिएको फाइदा पाहुना टोलीले उठाउन सफल भयो । ७८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मारियो हर्माेसोको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस सुआरेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २–१ को पूनरागमनसहित महत्वपुर्ण ३ अंक दिलाए । उनले यसपटक सिम भर्सलज्कोको पासमा गोल गरेका थिए ।

यो जितसँगै अपराजित रहेको एट्लेटिको म्याड्रिड १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोले ६ खेलमा चार जित र दुई बराबरीको नतिजा निकालेको छ । एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिडलाई १ अंकले पछि पारेको छ । पराजित गेटाफे अंकविहीन हुदै पुछारमा छ ।

यस्तै ला लिगाको अर्काे खेलमा एथलेटिको बिल्वाओ घरेलु मैदानमा रायो भालेकानोसँग २–१ ले स्तब्ध बन्दा सेल्टा डि भिगोले घरेलु टोली लेभान्टेलाई २–० ले पराजित गरेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.