default_image

3 years ago

September 22, 2021

महारेज र फोडेन चम्कदा म्यानचेस्टर सिटीको गोल वर्षा

एजेन्सी – अल्जेरियन रियाद महारेजले दुई गोल र एक असिस्ट तथा फिल फोडेनले एक गोल र दुई असिस्ट दिएपछि साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो राउन्डको खेलमा लिग वान क्लब वेकम्व वान्डेरर्समाथि सानदार पूनरागमन जित निकालेको छ । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको उल्ट्याउँदै वेकम्वमाथि ६–१ को फराकिलो जित […]

139 views

0 Bookmark

एजेन्सी – अल्जेरियन रियाद महारेजले दुई गोल र एक असिस्ट तथा फिल फोडेनले एक गोल र दुई असिस्ट दिएपछि साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो राउन्डको खेलमा लिग वान क्लब वेकम्व वान्डेरर्समाथि सानदार पूनरागमन जित निकालेको छ ।

सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको उल्ट्याउँदै वेकम्वमाथि ६–१ को फराकिलो जित निकालेको हो । सिटीको फराकिलो जितमा रियाद महारेजले दुई तथा केभिन डि ब्रुएन, फिल फोडेन, फेरान टोरेस र कोल पाल्मेरले समान एक गोल गरे । वेकम्वका ब्रान्डन हानलानको गोल सान्त्वना बन्यो ।

इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलमा पाहुना टोली वेकम्वले २४औं मिनेटमा ब्रान्डन हानलानको गोलबाट अप्रत्यासित अग्रता लिएको थियो । उनले रायन टाफाजोलीको पासमा गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डि ब्रुएनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

४३औं मिनेटमा रियाद महारेजले जोस विल्सन इसब्रान्डको पासमा तथा पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिल फोडेनले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए ।

सिटी यतिमै रोकिएन । ७१औं मिनेटमा फेरान टोरेसले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई खेलमा ४–१ ले अघि बढाए । ८३औं मिनेटमा रियाद महारेजले रहिम स्टर्लिङको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८८औं मिनेटमा सब्सिच्युट फरवार्ड कोल पाल्मेरले लुक मेवेट तावुको पासमा गोल गर्दै सिटीलाई ६–१ को फराकिलो जित दिलाए । पाल्मेर ७२औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका थिए ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.