default_image

3 years ago

September 22, 2021

लिभरपुलको जितमा मिनामिनोको दुई गोल

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो राउन्डको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी नर्विच सिटीलाई पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेको छ । लिभरपुलले नर्विच सिटीलाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । लिभरपुलको सहज जितमा ताकुमी मिनामिनोले दुई र डिभोक ओरिगीले एक गोल गरे । कारो रोड नर्विचमा […]

37 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो राउन्डको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी नर्विच सिटीलाई पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेको छ ।

लिभरपुलले नर्विच सिटीलाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । लिभरपुलको सहज जितमा ताकुमी मिनामिनोले दुई र डिभोक ओरिगीले एक गोल गरे ।

कारो रोड नर्विचमा मंगलबार राति भएको खेलको चौथो मिनेटमा नै ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले डिभोक ओरिगीको पासमा गोल गरेका थिए । ४२औं मिनेटमा घरेलु टोली नर्विचले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याउने अवसर पाएपनि क्रिस्टोसको पेनाल्टी काइओमहिन केल्लेहरले बचाउँदै लिभरपुलको बराबरी टारे ।

५०औं मिनेटमा डिभोक ओरिगीले कोन्स्टानटिनोस टिसिमकासको पासमा गोल गर्दै लिभरपुलको अग्रत दोब्बर पारे । ८०औं मिनेटमा ताकुमी मिनामिनोले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।

प्रशिक्षक योर्गेन क्लोपले नर्विचविरुद्धको पाँच युवा खेलाडीलाई मौका दिएको थियो । १६ वर्षीय विंगर काइडे गार्डाेन, १८ वर्षीय डिफेन्डर कोनोर ब्राडले, २२ वर्षीय गोलरक्षक काइओमहिन केल्लेहर र १८ वर्षीय मिडफिल्डर टेलर मोर्टनले मौका दिएको थियो ।

अन्य नतिजा :

ब्रेन्टफर्डविरुद्ध ओल्डहम (–०)

बर्नलेविरुद्ध रोचडाले (–१)

म्यानचेस्टर सिटीविरुद्ध वेकम्व (–१)

प्रेस्टनविरुद्ध चेल्टेनहम (–१)

क्युपिआरविरुद्ध एभर्टन (२–२) पेनाल्टी (–७)

सेफिल्डविरुद्ध साउथह्याम्टन (२–२) पेनाल्टी (२–)

वाट्फोर्डविरुद्ध स्टोक सिटी (१–)

वेगानविरुद्ध सन्डरल्यान्ड (०–)

फुलहमविरुद्ध लिड्स (०–०) पेनाल्टी (५–)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.