default_image

3 years ago

September 22, 2021

उपराष्ट्रपति ब्रन्स्विक – जसले ६० वर्षको उमेरमा आफ्नो टोलीको कप्तानी गरे

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र्र सुरिनामका उपराष्ट्रपति रोनी ब्रन्स्विकले मंगलबार कन्काकाफ लिग अन्तर्गत आफू अध्यक्ष रहेको इन्टर मोएन्गोटापोएको कप्तानी गर्दै ५४ मिनेट खेलेका छन् । ६० वर्षीय ब्रन्स्विक क्लबका मालिक तथा अध्यक्ष पनि हुन् । उनले सुरुवाती ११ मा रहेर ओलिम्पियाविरुद्ध खेलमा ५४ मिनेट मैदानमा बिताएका थिए । उनको टोलीले ६-० को हार बेहोरेको थियो […]

58 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र्र सुरिनामका उपराष्ट्रपति रोनी ब्रन्स्विकले मंगलबार कन्काकाफ लिग अन्तर्गत आफू अध्यक्ष रहेको इन्टर मोएन्गोटापोएको कप्तानी गर्दै ५४ मिनेट खेलेका छन् ।

६० वर्षीय ब्रन्स्विक क्लबका मालिक तथा अध्यक्ष पनि हुन् । उनले सुरुवाती ११ मा रहेर ओलिम्पियाविरुद्ध खेलमा ५४ मिनेट मैदानमा बिताएका थिए । उनको टोलीले ६-० को हार बेहोरेको थियो । जुलाई २०२० मा सुरिनामका उपराष्ट्रपति बनेका उनी राजनीतिमा भने लामो समयदेखि सक्रिय छन् ।

सन् २००२ मा क्लबको खेलाडी तथा मालिकका रुपमा उनले आफ्नै मैदान निर्माण समेत गरेका थिए । उनले मैदानको नाम पनि आफ्नै पछाडी राख्दै रोनी ब्रन्स्विकस्टाडिओन राखेका छन् ।

सन् २०११ यता उनले क्लबका लागि खेलेका थिएनन् । मंगलबार मैदानम उत्रँदै खेलमा पुनरागमन गरेका उनले सुखद नतिजा भने पाएनन् । उनले ५४ औं मिनेटमा मैदान छोड्दा टोली ३-० ले पछि परेको थियो । खेलपछि विपक्षी टोली ओलिम्पियाको ड्रेसिङ रुम पुगेका उनले पैसा बाँडिरहेको भिडियो पनि सार्वजानिक भएको थियो ।

सन् १९८५ मा विद्रोही नेताको रुपमा सुरिनाम लिबरेसन आर्मी गाथान गरेका उनले सन् १९७८६ देखि १९९२ सम्म चलेको गृहयुद्धमा प्रमुख भूमिका खेलेका थिए । सन् १९९२ मा शान्ति सम्झौता भएयता उनी सक्रिय राजनीति गर्दै आएका छन् ।

सन् २००५ मा उनलाई खेलका दौरान खेलाडीलाई बन्दुक देखाएको आरोपमा प्रतिबन्ध लगाएपनि आवश्यक सबुत नभेटिएको भन्दै कारवाही फुकुवा गरिएको थियो । सन् २०१२ मा भने रेफ्रीलाई गालीगलौज गरेपछि नले प्रतिबन्ध खेपेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.