default_image

3 years ago

September 22, 2021

बंगलादेशको साफ खेल्ने टोलीमा नाइजेरियन फरवार्ड

एजेन्सी – माल्दिभ्समा अर्को साता सुरु हुने साफ च्याम्पियनसिपका लागि बंगलादेशले आफ्नो प्रारम्भिक टोलीमा नाइजेरियन फरवार्ड एलेटा किंग्सलेलाई समावेश गरेको छ । सन् २०२१ जुनमा बंगलादेशी पासोपोर्ट प्राप्त गरेका उनले फिफाको स्वीकृति भने प्राप्त गर्न बाँकी छ । विगत एक दशकदेखि बंगलादेशको घरेलु फुटबलमा खेलिरहेका किंग्सलेले बंगलादेशको नागरिकता लिइसकेका छन् । सन् २०११ मा आराम्बागबाट […]

45 views

0 Bookmark

एजेन्सी – माल्दिभ्समा अर्को साता सुरु हुने साफ च्याम्पियनसिपका लागि बंगलादेशले आफ्नो प्रारम्भिक टोलीमा नाइजेरियन फरवार्ड एलेटा किंग्सलेलाई समावेश गरेको छ । सन् २०२१ जुनमा बंगलादेशी पासोपोर्ट प्राप्त गरेका उनले फिफाको स्वीकृति भने प्राप्त गर्न बाँकी छ ।

विगत एक दशकदेखि बंगलादेशको घरेलु फुटबलमा खेलिरहेका किंग्सलेले बंगलादेशको नागरिकता लिइसकेका छन् । सन् २०११ मा आराम्बागबाट खेल्दै बंगलादेश पसेका उनले सन् २०१२ मा नै बंगलादेशी नागरिकसँग विवाह गरेका थिए । त्यसयता निरन्तर बंगलादेशमा रहँदै आएका उनले बंगलादेशबाट खेल्ने इच्छा राख्दै आएका थिए । ८ वर्षको छोरी समेत रहेका उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलमा बंगलादेशबाट खेल्ने इच्छा रहेको बताएका थिए ।

बंगलादेशले बुधबार पत्रकार सम्मेलनमार्फत २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । हाल बसुन्धरा किंग्सबाट खेल्दै आएका किंग्सलेसहित १० खेलाडी सोहि क्लबका रहेका छन् । बंगलादेशले यसपटक साफ च्याम्पियनसिपका लागि बसुन्धराकै प्रशिक्षक ओस्कार ब्रुजोनलाई टोलीको प्रशिक्षक बनाएको छ । नियमित प्रशिक्षक जेमी डेलाई दुई वर्ष विश्राम दिँदै बंगलादेशले ओस्कारलाई जिम्मेवारी सुम्पिएको हो ।

साफका लागि अन्तिम २३ सदस्यीय टोली केहि दिनपछि घोषणा हुने बंगलादेशले जनाएको छ । नेपाल र बंगलादेशबीच राउण्ड रोबिन लिगको अन्तिम चरणमा प्रतिस्पर्धा हुनेछ । यसपटक साफमा ५ टोलीको मात्र सहभागिता रहेको हुँदा राउण्ड रोबिन लिगको शीर्ष २ स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

बंगलादेशले सन् २००३ मा आफैं आयोजना गर्दा साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । सन् १९९९ र २००५ मा भने टोली सेमिफाइनलमा पराजित भएको थियो । सन् २०१८ मा घरेलु मैदानमा आयोजित प्रतियोगितामा भने बंगलादेश समूह चरणबाट नै बाहिरिएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.