default_image

3 years ago

September 23, 2021

लेवान्डोस्कीले गरे बेन्जेमाको प्रशंसा

एजेन्सी – युरोपियन गोल्डेन बुट अवार्ड जितेका बार्यन म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोवस्कीले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाको तारिफ गरेका छन् । उनले बेन्जेमाको खेल्ने शैलीको खुलेर चर्चा गरे । बुन्डेसलिगामा गत सिजन ४१ गोल गरेका लेवान्डेवस्कीलाई टोलीलाई लिउ उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । ‘ गोल गरेका कारणले मात्र मैले बेन्जेमाको तारिफ गरेको होइन […]

33 views

0 Bookmark

एजेन्सी – युरोपियन गोल्डेन बुट अवार्ड जितेका बार्यन म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोवस्कीले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाको तारिफ गरेका छन् । उनले बेन्जेमाको खेल्ने शैलीको खुलेर चर्चा गरे ।

बुन्डेसलिगामा गत सिजन ४१ गोल गरेका लेवान्डेवस्कीलाई टोलीलाई लिउ उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । ‘ गोल गरेका कारणले मात्र मैले बेन्जेमाको तारिफ गरेको होइन । उनी खेल्दा टोलीलाई नै प्रेरित गर्छन्’, उनले भने,‘उनी टोलीका लागि खेल्छन् मलाई त्यो सबैभन्दा राम्रो लाग्छ । उनी उत्कृष्ट खेलाडी हुन् ।’

पोल्यान्डका अन्तर्राष्ट्रियले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई दुई पटक भेटेको पनि खुलासा गरेका छन् । तर त्यो भेटमा भएको कुराकानी भने उनले खुलाउन चाहेनन् । ‘साच्चै हो पेरेजसँग पटक पटक भेट भएको छ । त्यसमध्ये एक पटक रियलविरुद्ध खेल्दा भएको थियो’, उनले थपे, ‘तर भेटमा के कुरा भयो त्यो म बताउन सक्दिन ।’

अर्को लिग खेल्ने विषयमा सोधिएको प्रश्नमा अहिले त्यस्तो इच्छा भएको बताए । तत्काल अर्को लिग जाने सम्भावना नभएको पनि उनले प्रष्ट पारेका छन् । ‘अहिले मेरो दिमागमा त्यो विषय छैन । म शतप्रतिशत बायर्नमा केन्द्रित छु’, उनले भने, ‘सम्भावनाको विषय जहिले पनि रहन्छ । तर मैले अन्य देशका लिगका च्याम्पियनसको सामना गरिसकेको छु । त्यसैले अन्य लिग खेल्न आवश्यक छ जस्तो लाग्दैछ ।’

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.