default_image

2 years ago

September 22, 2021

पुनमको शल्यक्रिया सफल, मैदान फर्कने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्यमा समस्या देखिएपछि विश्राममा रहेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पुनम जर्घामगरको शल्यक्रिया भएको छ । केहि साता अघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलअघि गरिएको परिक्षणमा मुटुमा समस्या देखिएपछि पुनम विश्राममा रहेको थिइन् । एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीको प्रि कम्पिटिसन मेडिकल एसेस्मेन्ट (पिसिएमए) दौरान पुनमको मुटुमा समस्या देखिएको थियो । […]

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्यमा समस्या देखिएपछि विश्राममा रहेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पुनम जर्घामगरको शल्यक्रिया भएको छ ।

केहि साता अघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलअघि गरिएको परिक्षणमा मुटुमा समस्या देखिएपछि पुनम विश्राममा रहेको थिइन् । एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीको प्रि कम्पिटिसन मेडिकल एसेस्मेन्ट (पिसिएमए) दौरान पुनमको मुटुमा समस्या देखिएको थियो । उक्त समस्या देखिएपछि सक्रिय खेलबाट विश्राम लिएकी पुनमको शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा मंगलबार शल्यक्रिया भएको हो ।

पुनमको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोरेको संघका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फा र गंगालालबीच यसअघि नै खेलाडीको स्वास्थ्य परिक्षणका लागि सम्झौता गरेको थियो । सोहि अनुरुप राष्ट्रिय टोलीको परिक्षण गर्दा समस्याबारे थाहा भएको थियो ।

मंगलबार डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियामा संलग्न टोलीका डाक्टर रिजु मानन्धरका अनुसार अब केहि महिनापछि उनको स्थितिमा सुधार हेरेर मैदानमा फर्कने सम्भावना छ । ‘हामीले उहाँको समस्या थाहा पाएपछि सकेसम्म चाँडो उपचार गर्न सुझाव दिएका थियौं । मंगलबार अत्याधुनिक पद्दतिबाट शल्यक्रिया भएको छ । आज डिस्चार्ज पनि हुनुभयो,’ उनले भने, ‘ अब ६ महिनापछि उहाँको अवस्था हेरेर खेल्ने नखेल्ने भन्न सकिन्छ । फेरी सक्रिय खेल जीवनमा फर्कने सम्भावना छ ।’

यता शल्यक्रियापछि पुनमले भने आफूलाई कुनै समस्या नभएझैं लागेको बताइन् । ‘मलाई समस्या छ भन्ने थाहा थिएन । अब डाक्टरहरुको सल्लाहअनुसार विश्राम लिएर शल्यक्रिया भएको छ । अहिले पनि केहि समस्या छ जस्तो भएको छैन । अब उहाँहरुकै सुझाव अनुसार अघि बढ्नेछु,’ उनले भनिन् ।

राष्ट्रिय टोली उज्वेकिस्तानमा एसियन कप छनोटमा प्रतिस्पर्धा गरिरहँदा पुनमको शल्यक्रिया भएको थियो । उक्त प्रतियोगिताको तयारीस्वरूप राष्ट्रिय टोलीले दशरथ रंगशालामा खेल्दा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पुनमको अवस्थाबारे जानकारी दिएका थिए । प्रशिक्षक फिलिप्स र टोलीले पुनमलाई बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विशेष सम्मान दिने निर्णय लिएको थियो ।

सोही योजना अनुसार बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरेका थिए । पुनम १२ औं खेलाडीका रुपम मैदान प्रवेश गरेकी थिइन् । राष्ट्रिय गानको धुन सकिएसँगै पुनम लाइनअपबाट अलग्गिएर पुनः बेन्च फर्किएकी थिइन् ।

नेपाली फुटबलमा झन्डै एक दशकयता खेल्दै आएकी पुनमका लागि पनि टोलीले सम्मान गर्ने निर्णय गरेको थियो । पुनम त्यसक्रममा निकै भावुक पनि देखिएकी थिइन् । खेलाडीले राष्ट्रिय गान सकिएपछि उनी बेन्च फर्कंदा ताली बजाएर सम्मान दिएका थिए । सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी पुनम नियमित रुपमा राष्ट्रिय टोलीको पहिलो रोजाइमा खेलिरहेकी छिन् । उनी विभागीय टोली आर्मीकी महत्त्वपूर्ण सदस्य हुन् ।

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.