default_image

3 years ago

September 23, 2021

एसेन्सियोको ह्याट्रिकमा रियलको सानदार जित

एजेन्सी – स्पेनिस विंगर मार्काे एसेन्सियोको ह्याट्रिक तथा कप्तान करिम बेन्जेमाले दुई गोलसँगै दुई असिस्ट दिएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले रियल मलोर्कालाई ६–१ ले पराजित गरेको हो । कप्तान करिम बेन्जेमाले दुई तथा इस्कोले एक गोल थपे । मलोर्काका काङ […]

33 views

0 Bookmark

एजेन्सी – स्पेनिस विंगर मार्काे एसेन्सियोको ह्याट्रिक तथा कप्तान करिम बेन्जेमाले दुई गोलसँगै दुई असिस्ट दिएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले रियल मलोर्कालाई ६–१ ले पराजित गरेको हो ।

कप्तान करिम बेन्जेमाले दुई तथा इस्कोले एक गोल थपे । मलोर्काका काङ इन लिले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो ।

२४औं मिनेटमा मार्काे एसेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । लगत्तै २५औं मिनेटमा काङ इन लिले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । २९औं मिनेटमा एसेन्सियाले करिम बेन्जेमाको पासमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–१ को आरामदयाी अग्रता लिएको थियो ।

रियलको गोलको श्रृंखला दोस्रो हाफमा पनि रोकिएन । ४९औं मिनेटमा कप्तान बेन्जेमाले गोल गरेपनि भिएआरबाट उनको गोलले मान्यता पाएन । उनी भिएआरमा अफसाइड देखिएको थियो । ५५औं मिनेटमा एसेन्सियाले बेन्जेमाको पासमा ह्याट्रिक पुरा गर्दा रियलले ४–१ को अग्रता लिन सफल भयो । उनले बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।

७८औं मिनेटमा बेन्जेमाले डेभिड अलाबाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दा रियल फराकिलो जिततर्फ अग्रसर बन्यो । ८४औं मिनेटमा सब्सिच्युट इस्कोले भिनियिस जुनियरको पासमा गोल गर्दै टोलीलाई ६–१ को फराकिलो जित दिलाए । इस्को ७२औं मिनेटमा एसेन्सियाको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै अपराजित रहेको रियल ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले दोस्रो स्थानको शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई २ अंकले पछि पारेको छ । पराजित मलोर्का ८ अंक जोडेर १०औं स्थानमा झरेको छ ।

अन्य नतिजा
स्पान्योल
विरुद्ध एलाभेस (–०)
सेभियाविरुद्ध भ्यालेन्सिया (–१)
भिल्लारियलविरुद्ध इल्चे (–१)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.