default_image

3 years ago

September 23, 2021

हाकिमीको दुई गोलमा पीएसजी अपराजित

एजेन्सी – मोरोक्कोका अचरफ हाकिमीले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार सातौ जित दर्ता गर्दा मेट्जलाई पराजित गरेको छ । पीएसजीले ९ खेलाडीमा समेटिएको घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो । पीएसजीका लागि दुवै गोल हाकिमीले गर्दा घरेलु टोलीका किकि कोउएटले एक गोल फर्काए । मेट्जमा बुधबार राति […]

43 views

0 Bookmark

एजेन्सी – मोरोक्कोका अचरफ हाकिमीले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार सातौ जित दर्ता गर्दा मेट्जलाई पराजित गरेको छ ।

पीएसजीले ९ खेलाडीमा समेटिएको घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो । पीएसजीका लागि दुवै गोल हाकिमीले गर्दा घरेलु टोलीका किकि कोउएटले एक गोल फर्काए । मेट्जमा बुधबार राति भएको खेलको पाँचौ मिनेटमा अचरफ हाकिमीको गोलबाट अग्रता लिएको थियो । ३९औं मिनेटमा किकि कोउएटले लामिन गुआईको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर तनावपुर्ण स्थिति बन्दा घरेलु टोली ९ खेलाडीमा समेटिन पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डेलान ब्रुन दोहोरो पहेँलो कार्ड तथा दोस्रो मिनेटमा फ्रेडेरिक एन्टोनेटी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली ९ खेलाडीमा समेटिन पुगेको थियो ।

त्यसको फाइदा पीएसजीले उठाउन सफल भयो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जितसहित महत्वपुर्ण ३ अंक दिलाए । खेलको अन्त्यतिर रेफ्रीले चार पहेँलो कार्ड र दुई रातो कार्ड देखाउनु परेको थियो ।

जितपछि सातौ खेलसम्म शतप्रतिशत जित दर्ता गरेको पीएसजी २१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलाई ७ अंकले पछि पारेको छ । यद्धपि मार्सेले एक खेल कम खेलेको छ । मेट्ज ३ अंक जोडेर पुछारमा रहेको छ ।

अन्य नतिजा
लिलविरुद्ध रिम्स (–१)
मोनाकोविरुद्ध सेन्ट इटिएन (–१)
मोन्टपेलिएरविरुद्ध बोर्डेअक्स (३–३)
नान्टेसविरुद्ध ब्रेस्ट (–१)
रेन्नेसविरुद्ध क्लेरमोन्ट फुट (–०)
एन्जर्सविरुद्ध मार्से (०–०)
लेन्सविरुद्ध स्टार्सवर्ग (०–)
लोरिएन्टविरुद्ध निस (–०)
लियोनविरुद्ध ट्रोएस (–१)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.