default_image

3 years ago

September 23, 2021

चेल्सी र टोटेनहम प्रि–क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) को प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाट बाहिरिएको छ । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा घरेलु टोली चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पेनालटी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो […]

68 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) को प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाट बाहिरिएको छ ।

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा घरेलु टोली चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पेनालटी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो । पेनाल्टीमा चेल्सीका लागि रोमेलु लुकाकु, मासन माउन्ट, रोस बार्कले र रिस जेम्सले गोल गर्दा बेन चिलवेलले गोल गर्न सकेनन् ।

भिल्लाका अनवर इल घाँजी, इज्री कोन्सा र इमिलियानो बुएन्डियाले गोल गर्दा एस्ले योङ र मार्भेलोस नाकाम्भाले गोल गर्न सकेनन् । त्यसअघि ५४औं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले रिस नेम्सको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा क्यामरुन आर्चेरले माट्टी कासको पासमा बराबरी गोल फर्काएका थिए ।

यस्तै अर्काे खेलमा टोटेनहम हटस्परले पनि प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्सलाई पेनाल्टी सुटआउटमै ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थन बनाउन सफल भयो । सुरुवाती दुई गोलको अग्रत जोगाउन नसक्दा खेल अतिरिक्त समय र पेनाल्टीमा लम्बिएको थियो ।

१४औं मिनेटमा टांगी एनडोम्वेले र २३औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले २–० को अग्रता लिएको थियो । ३८औं मिनेटमा लिन्डर डेन्डनकर र ५८औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा टोटेनहमका ह्यारी केन, सर्जियो रिगुइलोन, ब्रायन गिलले गोल गर्दा पिएर इमिल होज्वजर्गले गोल गर्न सकेनन् । वल्भ्सका हि चान ह्वाङ र जोओ मौटिन्होले गोल गर्दा रुवेन नेभेस, लिन्डर डेन्डेनकर र कोनोर कोडीले गोल गर्न सकेनन् ।

अर्काे खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडसँग १–० ले पराजित हुदै तेस्रो चरणबाट बाहिरिएको छ । खेलको नवौं मिनेटमा म्यानुयल लान्जिनीको गोलमा वेस्ट ह्याम अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।

अन्य नतिजा
ब्राइटनविरुद्ध स्वान्सी (–०)
आर्सनलविरुद्ध विम्वलडन (–०)
मिलवालविरुद्ध लेस्टर सिटी (०–)

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.